मधेश प्रदेशमा ५४० जना शहिद परिवारलाई आर्थिक सहयोग - JC NEPAL MEDIA

फाल्नु १,२०७९ जेसी नेपाल संवाददाता

मधेस प्रदेश : उपराष्ट्रपति वर्षमान पुनले मधेश प्रदेशका शहिद परिवारहरुलाई १/१ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । सोमबार मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा उपराष्ट्रपति पुनले १/१ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । वृहत् शान्तिसंझौता भएको १६ वर्ष पुगिसक्दा पनि दुईवटा काम अझै बाँकी रहेको बताउँदै उनले शान्ति संझौताको मुख्य गरी दुईवटा काम अझै बाँकी रहेको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग मार्फत गर्नुपर्ने कामा सम्पन्न नभएका उनले बताए । आयोग र सरकारको ध्यानाकर्षण गराउँदै शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पु~याउन उनले आग्रह गरे । त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पहिचान सहितको संघीयता चाहेको प्रदेश भनेको मधेस प्रदेश मात्र रहेको बताउनुभयो । मुख्यमन्त्री यादवले हालै सम्पन्न चुनावबाट जितेका केहि नेताहरु केन्द्रमा बसेर प्रदेश र सघीयताको बिरोध गर्दै गरेको ले त्यस्ता नेताहरुलाई मधेस र मधेसी जनता रहुन्जेल संघीयता रहिरह्ने र कसैले चाहेर पनि संघीयता हटाउन नसक्ने चेतावनी दिनुभयो । कार्यक्रममा मधेश प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई एक लाखको दरले रुपैयाँ हस्तान्तरण गरेको छ । उपराष्ट्रपति पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । बाँकी सहिद परिवारलाई खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।

प्रकाशित : फाल्नु १,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA