मधेश प्रदेशमा ५४० जना शहिद परिवारलाई आर्थिक सहयोग - JC NEPAL MEDIA

फाल्नु १,२०७९ जेसी नेपाल संवाददाता

मधेस प्रदेश : उपराष्ट्रपति वर्षमान पुनले मधेश प्रदेशका शहिद परिवारहरुलाई १/१ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । सोमबार मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा उपराष्ट्रपति पुनले १/१ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । वृहत् शान्तिसंझौता भएको १६ वर्ष पुगिसक्दा पनि दुईवटा काम अझै बाँकी रहेको बताउँदै उनले शान्ति संझौताको मुख्य गरी दुईवटा काम अझै बाँकी रहेको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग मार्फत गर्नुपर्ने कामा सम्पन्न नभएका उनले बताए । आयोग र सरकारको ध्यानाकर्षण गराउँदै शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पु~याउन उनले आग्रह गरे । त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पहिचान सहितको संघीयता चाहेको प्रदेश भनेको मधेस प्रदेश मात्र रहेको बताउनुभयो । मुख्यमन्त्री यादवले हालै सम्पन्न चुनावबाट जितेका केहि नेताहरु केन्द्रमा बसेर प्रदेश र सघीयताको बिरोध गर्दै गरेको ले त्यस्ता नेताहरुलाई मधेस र मधेसी जनता रहुन्जेल संघीयता रहिरह्ने र कसैले चाहेर पनि संघीयता हटाउन नसक्ने चेतावनी दिनुभयो । कार्यक्रममा मधेश प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई एक लाखको दरले रुपैयाँ हस्तान्तरण गरेको छ । उपराष्ट्रपति पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । बाँकी सहिद परिवारलाई खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।

प्रकाशित : फाल्नु १,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA