प्रचण्ड राष्ट्रपति कांग्रेसलाई दिने पक्षमा - JC NEPAL MEDIA

फाल्नु ८,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहयात्री मुख्य दुई दलका नेतासँग राष्ट्रपति कांग्रेसलाई दिइने संकेत गरेका छन्।

सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र एमाले नेता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति सुम्पिइनुपर्ने बताएका हुन्।

भेटमा लामिछाने र मन्त्री पौडेलले पुस ९ को बालकोट सहमतिबाट दायाँबायाँ नहुन र एमाले भागमा परेको राष्ट्रपति पदमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रयाअन्तर्गत कांग्रेसका नेताहरूसँग राष्ट्रपतिकै बारेमा छलफल भइरहेको बताएर दुवै नेतालाई निराश पारे। कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गाह्रो छ।

यो गठबन्धन जोगाएरै भए पनि सहमति जुटाउन सकिन्छ कि भन्ने प्रयासमा छु, नेताद्वयसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा व्यक्त गरको राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि अझै केही दिन बाँकी भएकाले निरन्तर छलफल गरेर निष्कर्षमा पुग्न सकिने विश्वास दुवैलाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग आइतबार बेलुकी मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतको जम्बो टोलीले राष्ट्रपतिमा सघाउन आग्रह गर्दै बालुवाटार पुगेको थियो।

एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रकाशित : फाल्नु ८,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA