धनुषाको चाेरा काेइलपुरमा वालिका लाई निर्वस्त्र गरी बलात्कार प्रयास

मंशिर १३,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको चाेरा काेइलपुरमा वालिका लाई निर्वस्त्र गरी बलात्कार प्रयास गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुर बस्ने स्थानीय ईन्द्रनारायण यादवका २८ बर्षिय छोरा शशि यादवले स्थानीय एक बालिकालाई पसलमै कपडा च्यातेर बलात्कार गर्न खोज्दा पक्राउ परेका हुन् ।

बुधबार (आज) बिहान करिब ८ बजेको समयमा चोरा कोयलपुरस्थित रहेको स्थानीय समशेर मन्सुरको टेलर (सिलाई पसल) मा सँगै गएकी दुई बालिकामाथि बलात्कारको प्रयास गरेको हो । टेलर सँचालक मन्सुरका अनुसार, आफू बालिकाको कपडा सिलाई गरिरहेको अवस्थामा यादव अचानक पसल भित्र छिरेर बालिकाको सबै कपडा च्यातिदियो ।

दर्जनौ मान्छे चोकमा हुँदाहुँदै पसलमा पसेर बिहानै खुल्ला पसलमा सबै कपडा च्यातेर बलात्कार प्रयास गर्दा स्थानीयहरुले रामधुलाई गर्दै प्रहरीलाई जिम्मा लगाएको हो ।

बालिकाको सबै वस्त्र हरण गरि बलात्कार प्रयास गरिहेको अवस्थामा स्थानीयहरुले उद्धार गरी बालिकालाई तत्काल कपडाले छोपेर ईज्जत बचाएको थियो । यादवलाई गाउँलेहरुले नै समातेर प्रहरीलाई जिम्मा लगाएको हो । दीदीबहिनी सँगै गएको बेलामा यादव अचानक उनको कपडा च्यातेर बलात्कार प्रयास गरेका थिए । सो समयमा मन्सुर भने स्थानीयहरुलाई गुहार लगाएका थिए ।

प्रहरीका अनुसार, युवकले पहिले आफैँ नाँगो भए, त्यसपछि बालिकाको सबै कपडा च्यातेर बलात्कार प्रयास गर्दा बालिका उनीसँगै एक बालिकाले प्रतिकार गरेपछि हो हल्ला भएको थियो । अहिले यादवलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर अनुसन्धान गरिरहेको छ भने पीडित बालिकाको तर्फबाट अभिभावकले जाहेरी दिएको हो ।

यादवलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाउने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै : बागमती प्रदेश JCNEPAL MEDIA

मुख्यमन्त्री सिंहले सेटिङकाे अधारमा विवादित दासलाई बनाए बारा यातायात कार्यालय प्रमुख : JCNEPAL MEDIA

अन्तराष्ट्रि बहुउद्येश्यि रंगशाला निर्माणका लागि मधेश सरकारले १ अर्ब रुपैयाँ दिने : JCNEPAL MEDIA