नेत्रविक्रम चन्दलाई अदालतमा उपस्थिति हुन ३५ दिने सूचना जारी

१८ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूमाथि राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंमा उपस्थिति हुन ३५ दिने सूचना जारी गरेको छ ।

अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो ।

यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाई आफैँ उपस्थित हुनुहोला,उक्त पक्राउ पुर्जीमा भनिएको छ, तपाईहरूले म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुनेछ, पछि तपाईको उजुरबाजुर लाग्ने छैन ।

अदालतको विसं २०८० मङ्सिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको बताइएको छ ।

विसं २०७६ असोज ९ गते निजहरुमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो । निजहरुले संघीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ ।

प्रहरीले उनीहरू फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो । सोही आदेशअनुसार जिल्ला अदालत काठमाडौं प्रशासन शाखाले सोमबार उक्त सूचना जारी गरेको हो । प्रकाशित : मंसिर १८, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA

रौतहटमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु : JCNEPAL MEDIA

आजको बैठकमा सांसदहरुको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने : प्रतिनिधि सभा JCNEPAL MEDIA

भूमि आयोगका अध्यक्षसहित पाँच जना फरार : सिरहा JCNEPAL MEDIA

यातायात व्यवस्था कार्यालय गौरकाे लाइसेन्समा अवैध कारोबार चलिरहेको खुलासा : JCNEPAL MEDIA

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण : राष्ट्रिय परीक्षा वाेर्ड JCNEPAL MEDIA