विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

१९ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका छन् ।

सर्वोच्च अदालतमा सोमवार आयाेजित प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो ।

सो बैठकले सदस्यहरुमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो ।

प्रकाशित : मंसिर १९, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA

रौतहटमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु : JCNEPAL MEDIA

आजको बैठकमा सांसदहरुको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने : प्रतिनिधि सभा JCNEPAL MEDIA

भूमि आयोगका अध्यक्षसहित पाँच जना फरार : सिरहा JCNEPAL MEDIA

यातायात व्यवस्था कार्यालय गौरकाे लाइसेन्समा अवैध कारोबार चलिरहेको खुलासा : JCNEPAL MEDIA

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण : राष्ट्रिय परीक्षा वाेर्ड JCNEPAL MEDIA