मधेस सरकार द्वारा क्रिकेट खेलाडीलाई सम्मान संगै रु पांच लाख

२० मंशिर २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : केपी ओली कप टी ट्वेंटी क्रिकेट प्रतियोगितामा ऐतिहासिक जीत हासिल गरेको मधेश प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमंत्री सरोजकुमार यादवले बधाई दिनुहुंदै आज यहां भावपूर्ण सम्मान गर्नुभयो ।

आएदेखि नै खेलकुद विकासको लागि आफू प्रतिवद्ध भएको दृष्टांत अघि सार्दै उहांले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने जानकारी दिनुभयो । सो अवसरमा प्रदेशका विजयी टिमलाई रु पांच लाख प्रोत्साहनस्वरुप प्रदान गरिने घोषणा पनि मुख्यमंत्री यादवले गर्नुभयो ।

उक्त अवसरमा मुख्यमंत्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो । पोखरामा मंसिर १५ गते भएको रोमांचक फाइनलमा मधेश प्रदेशले दस जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।

यस अघि धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताउनुभयो ।

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिन्छ तसर्थ खुशीयाली दिनेहरुका खुशीको बाटो खोल्न, खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमंत्रीसंग आग्रह गर्नुभएको थियो ।

प्रकाशित : मंसिर २०, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA