आजपाले बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा गरे प्रदर्शन

२० मंशिर २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा आम जनता पार्टीले प्रदर्शन गरेको छ ।

आम जनता पार्टीले बैंक तथा सहकारीको चर्को व्याज असुलीविरुद्ध जनकपुरमा प्रदर्शन गरेको हो । आम प्रदर्शनकारीहरूले जनतालाई सहज कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् ।

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

आफ्ना माग पुरा नभए मधेस बन्द गर्नेसम्मको चेतावनी सो पार्टीले दिएको छ । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहको नेतृत्व तथा मधेस प्रदेश कमिटीको आयोजनामा भएको विरोध ¥याली जनकपुरधामको बाह्रबिघ्घावाट सुरु भएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

प्रकाशित : मंसिर २०, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA