मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित

२१ मंशिर २०८० / जेसी नेपाल संवाददाता

लहान : मत्स्य विकास केन्द्र, लहान प्रमुख विकाश कुमार साहको बदमासीले कर्मचारी र किसान पीडित बनेका छन् । मत्स्य विकासका लागि आवश्यक पर्ने विभिन्न जातका गणस्तरीय माछाको नश्ल उत्पादन गरी कृषकसमक्ष पुरयाउने र निजी व्यवसायीलाई गुणस्तरीय नश्ल उत्पादनमा आत्मानिर्भर बनाउँदै लैजान काम रहेपनी समयमा किसानले माछाको भुरा नपाउने गुनासो गरेका छन् ।

मत्स्य विकास केन्द्रमा राम्रो जातको उत्पादन गरेको माछाको भुरा पाउने किसानको आशा हुन्छ । तर यहाँ आएर किसान निराश बनिरहेका छन् । समयमा किसानले माछाको भुरा पाउदैनन् । प्रमुख साहले व्यापारीसँग सेटिङ मिलाएर सबै राम्रो उत्पादन भएको भुरा बेचेर सिध्याईने गरेकोे किसानहरु बताउँछन्न । भुरामा सेटिङ गरेको कार्यालय प्रमुख साहको अनेक अनियमितता बाहिरिएको छ ।

स्रोतका अनुसार मत्स्य विकास केन्द्र अधिकृत मुगां लाल चौधरीका्े सरुवा भएको करिब चार महिना वितिसक्यो । तर उनलाई कार्यालय प्रमुख साहले रबाना दिएको छैन ।कार्यालयका प्रदेश २ –०१–००१ ब् ०२९३ नम्बरको पल्सर मोटरसाईल असार २९ गते घर लगैर भाईलाई चढन दिएका छन् । त्यति मात्र होईन , स्टोरमा जिन्सी रेकर्ड अनुसार समान छैन । प्रमुख साहले कार्यालयलाई नीजि कम्पनी सम्झेर मनपरी गरिरहेका छन् ।मत्स्य विकास केन्द्रबाट पटक पटक माछा चौरी भयो सिसिक्यामरा जडान गरिएको छ । तर त्यो सिसिक्यामरा पनि विग्रीएको अवस्थामा पाइएको छ ।केन्द्र प्रमुख र अधिकृतले मिलोमतो गरी माछा र दाना समेत अनाअधिकृत रुपमा बैच्दै आएका छन् ।

रबाना लिएर जान नपरेको केन्द्र अधिकृत मुगां लाल चौधरीले सबै सेटिङ मिलाउने गरेका छन् । त्यसैले सरुवा भइसकेका चौधरीलाई सेटिङ मिलाएर भ्रष्टाचार गर्नकै लागि अन्यत्र जान दिएको छैन् ।अहिले उक्त कार्यालयमा ८ जना कर्मचारी छन् । जसमध्ये एक जना रातिको समयमा फार्म सुरक्षा गर्छन् । यद्दपी माछा चोरी हुने गरेको छ ।

कर्मचारीहरु प्रमुख साह र अधिकृत चौधरीको रबैया र मनपरीले आजित बनेको बताउँछन् ।

प्रकाशित : मंसिर २१, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै : बागमती प्रदेश JCNEPAL MEDIA

मुख्यमन्त्री सिंहले सेटिङकाे अधारमा विवादित दासलाई बनाए बारा यातायात कार्यालय प्रमुख : JCNEPAL MEDIA

अन्तराष्ट्रि बहुउद्येश्यि रंगशाला निर्माणका लागि मधेश सरकारले १ अर्ब रुपैयाँ दिने : JCNEPAL MEDIA