मालू गहते श्रेष्ठ परिवार समूहले अस्थायी कोभिड अस्पताल र गहते सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य समाग्री हस्तान्तरण

दिपक बस्नेत


जेठ १५, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू गहते श्रेष्ठ परिवार समुहले महामारीको रुपमा फैलिएको कोरोना भाइरस उपचार र नियन्त्रणमा थप सहयोगहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा स्थापित अस्थायी कोभिड अस्पताल र गहते सामुदायिक स्वास्थ्य इकाईका लागि श्रेष्ठ परिवार अभियान कर्ताले संकलन गरेको स्वास्थ्य सामग्री आज पालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरित सामग्री पालिकाका अध्यक्ष तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी ईश्वर चन्द्र पोखरेलले अस्थायी कोभिड अस्पातलका मेडिकल अफिसर डाक्टर रोविस कार्की र गहते सामुदायिक स्वास्थ्य इकाईका सावित्रि गिरीलाई हस्तान्तरण गर्नु भयो ।
हस्तान्तरण कार्यक्रममा बोल्नु हँुदै प्रमुख अतिथी ईश्वर चन्द्र पोखरेलले पालिका कोभिड नियन्त्रणका लागि घर–घर, टोल–टोल पुगेर परिक्षण गरेको, परिक्षणलाई तिव्रता दिएको,संक्रमितको उपचार घर–घरमा पुगेर गरेको, बिरामीको उपचारमा विषेस ध्यान पु¥याएको, नियन्त्रणको लागि अहिले सम्म नचुकेको र आगामी दिनमा सहयोग गर्ने बताउँनु भयो ।
संक्रमण नियन्त्रणका लागि जनप्रतिनिधि, कार्मचारी दिनरात नभनि खटिएको र आगामी दिनमा पनि थप योजनाका साथ आगाडि बढ्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरेलले श्रेष्ठ परिवार समुहलाई धन्यवाद व्यक्त गर्नु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता होम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गहते श्रेष्ठ परिवार समुहले १ लाख ६० हजार बराबारको अक्सिजन सिलिण्डर, पिपिइसेट, थर्मल गन, स्यानिटाइजर, माक्स लगाएका स्वास्थ्य सामग्री हस्तारन्तर गरेको छ । कार्यक्रममा पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

वाडा अध्यक्षले गरे जीउँदै महिलाको मृत्यु प्रमाणपत्रकाे लागि सिफारिस JCNEPAL_MEDIA

शिक्षिकालाई यौन प्रश्ताव राख्ने कानेपोखरीका शिक्षा अधिकृत कार्यालय छोडेर भागे : विराटनगर

जनकपुर उपमहानगरपालिकाकाे लपर्बाही चरम सिमामा पुगे

सुकुमबासीहरुलाई खाधान्न तथा कम्बल वितरण गरे : जनकपुरियन लेडिज ग्रुप- JC NEPAL MEDIA

मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित