सासू द्वारा बुहारीको विवाह : विराटनगर

२२ मंशिर २०८० / जेसी नेपाल संवाददाता

विराटनगर : सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् । इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु ।

२०६९ सालमा जानुकाकी कान्छो छोरा फणीन्द्रसँग झापाको बैगुन्धुराकी सुजाको मागी विवाह भएको थियो । फणीन्द्रको २०७१ सालमा मृत्यु भएको थियो । छोराको मृत्यु भएको ९ वर्षपछि परिवारले बुहारीलाई सुनसरी डुम्राहाका रमेश रेग्मीसँग विवाह गरिदिएका हुन् ।

कान्छी बुहारीको रुपमा भित्र्याएकी सुजालाई छोरीको रुपमा विवाह गराइदिएको जानुकाले बताइन् । बुहारीको माइती पक्षसँग पनि छलफल गरेर विवाह गरिदिएका जेठाजु पुण्यले बताए । बेहुला रमेश रेग्मीको पहिलो श्रीमतीको दुई वर्ष पहिले मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी छन् । बेहुली सुजाकी पनि एक छोरी छन् ।

प्रकाशित : मंसिर २२, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA