वेश्यावृतिमा सँलग्न धडकन होटेलका संचालक दिलिप साहमाथि चलाईयो मुद्दा

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरको पीडारीचोकस्थित धडकन होटलमा वेश्यावृति चलाएको आरोपमा पक्राउ परेका सँचालकमाथि मुद्दा चलाईएको छ । गत मँसिर १६ गते शनिबार अपरान्ह वेश्यावृति गराउँदा गराउँदै रँगेहात पक्राउ परेका धडकन होटेलका सँचालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ बस्ने दिलिप साहमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको हो ।

साहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा थुनामा राखिएको छ । अदालतबाट म्याद थप गरी उनलाई हिरासतमा राखेर अनुसन्धान गरी मुद्दा समेत चलाएको धनुषाका डिएसपी एवम् प्रवक्ता रञ्जन आवेले जानकारी दिए ।

वेश्यावृति गराएको आरोपमा उनीमाथि अभद्र व्यवहारको मुद्दा चलाएको हो । होटेल सँचालक, दिलिप साह पीडारीचोकस्थित धडकन होटेल सँचालन गरी माथि लजमा विभिन्न ठाउँबाट युवति, महिलाहरुलाई बोलाएर वेश्यावृतिमा लगाएको आरोपसहित मुद्दा दर्ता गरिएको हो ।

डिएसपीको विशेष पहलमा प्रहरीले छापामारी गरी तीन महिलासहित होटेल सँचालक दिलिप साहलाई पक्राउ गरेको थियो । पीडारीचोकस्थित दिलिप साहले होटेलकको नाममा वेश्यावृति गराउँदै आएको सबुत प्रमाणहरुको साथै रँगेहात पक्राउ परेपछि उनीमाथि मुद्दा चलाईएको हो । उनलाई प्रचलित कानुन बमोजिम कारवाही सजाय हुने भएको छ ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी रेग्मी : JCNEPAL MEDIA

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA