वेश्यावृतिमा सँलग्न धडकन होटेलका संचालक दिलिप साहमाथि चलाईयो मुद्दा

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरको पीडारीचोकस्थित धडकन होटलमा वेश्यावृति चलाएको आरोपमा पक्राउ परेका सँचालकमाथि मुद्दा चलाईएको छ । गत मँसिर १६ गते शनिबार अपरान्ह वेश्यावृति गराउँदा गराउँदै रँगेहात पक्राउ परेका धडकन होटेलका सँचालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ बस्ने दिलिप साहमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको हो ।

साहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा थुनामा राखिएको छ । अदालतबाट म्याद थप गरी उनलाई हिरासतमा राखेर अनुसन्धान गरी मुद्दा समेत चलाएको धनुषाका डिएसपी एवम् प्रवक्ता रञ्जन आवेले जानकारी दिए ।

वेश्यावृति गराएको आरोपमा उनीमाथि अभद्र व्यवहारको मुद्दा चलाएको हो । होटेल सँचालक, दिलिप साह पीडारीचोकस्थित धडकन होटेल सँचालन गरी माथि लजमा विभिन्न ठाउँबाट युवति, महिलाहरुलाई बोलाएर वेश्यावृतिमा लगाएको आरोपसहित मुद्दा दर्ता गरिएको हो ।

डिएसपीको विशेष पहलमा प्रहरीले छापामारी गरी तीन महिलासहित होटेल सँचालक दिलिप साहलाई पक्राउ गरेको थियो । पीडारीचोकस्थित दिलिप साहले होटेलकको नाममा वेश्यावृति गराउँदै आएको सबुत प्रमाणहरुको साथै रँगेहात पक्राउ परेपछि उनीमाथि मुद्दा चलाईएको हो । उनलाई प्रचलित कानुन बमोजिम कारवाही सजाय हुने भएको छ ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA