प्रहरीले गरे गाँजा खेति नष्ट : सर्लाही

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

सर्लाही : सर्लाही प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान सुरु गरेको छ । लालबन्दी नगरपालिका १४ नारायणखोलामा शुक्रबार करिव १५ बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेति प्रहरीले नष्ट गरेको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय प्रशासन गरि १५० जनाको टोली पुगेर गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण धितालले जानकारी दिनुभयो । गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाईका साथ लागु गरिने प्रहरीले जनाएको छ ।

प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गर्ने गरेको भएपनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् । सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् । त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेको पाइएको छ ।

यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महंगो मुल्यमा विक्री हुनेगरेको प्रहरीको भनाई छ ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA

वरिष्ठ सई सागर राणालाई फसाउने डिआइजी थपलियाको षडयन्त्र फेल, केन्द्रले रोक्यो निलम्बनको प्रक्रिया : JCNEPALMEDIA

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA