प्रहरीले गरे गाँजा खेति नष्ट : सर्लाही

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

सर्लाही : सर्लाही प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान सुरु गरेको छ । लालबन्दी नगरपालिका १४ नारायणखोलामा शुक्रबार करिव १५ बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेति प्रहरीले नष्ट गरेको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय प्रशासन गरि १५० जनाको टोली पुगेर गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण धितालले जानकारी दिनुभयो । गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाईका साथ लागु गरिने प्रहरीले जनाएको छ ।

प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गर्ने गरेको भएपनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् । सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् । त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेको पाइएको छ ।

यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महंगो मुल्यमा विक्री हुनेगरेको प्रहरीको भनाई छ ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै : बागमती प्रदेश JCNEPAL MEDIA

मुख्यमन्त्री सिंहले सेटिङकाे अधारमा विवादित दासलाई बनाए बारा यातायात कार्यालय प्रमुख : JCNEPAL MEDIA

अन्तराष्ट्रि बहुउद्येश्यि रंगशाला निर्माणका लागि मधेश सरकारले १ अर्ब रुपैयाँ दिने : JCNEPAL MEDIA