राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय : एनसेल प्रकरण

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको समितिका सभापति रामहरि खतिवडाले बताए । खतिवडाले मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको जानकारी दिए ।

फास्ट ट्रयाकबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बैठकमा बोलाउने निर्णय भएको खतिवडाले बताए । सो क्रममा नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने पनि खतिवडाले बताए ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA