नेपाल राष्ट्र बैंकले भूकम्प पिडितलाई सस्तो ब्याजमा ऋण दिदैं

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको छ ।

सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ, समीक्षामा उल्लेख गठरेको छ ।

यस्तै कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

सुनसरीमा हिन्दू–मुस्लिम समुदाय बीच विवाद हिंसात्मक, गोली चल्दा एक जनाको मृत्यु, ९ जना घाइते, कर्फ्यू लगाइयो : JCNEPALMEDIA

राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

कालापानी वनक्षेत्रमा बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, वनकाे गाडी जलाइए, राजमार्ग अवरुद्ध : JCNEPALMEDIA

पदमुक्त हुनुअघि परिषद्का अध्यक्षले गरे बुहारीसहित २१ जनाको नियुक्ति : JCNEPAL MEDIA