संघ सरकारलाई दिए आन्दोलनको चेतावनी : मधेश सरकार

मंशिर २४,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश सरकारले संघ सरकारलाई आन्दोलनको चेतावनी दिएका छन ।प्रहरी समायोजन लगायत ६ सुत्रिय माग राख्दै दिएको एक महिने अल्टिमेट सकेपछि संकल्प प्रस्तावसहित पुगेका मधेश सरकार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको हो ।

हिजो सकिएपछि आज मधेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा प्रमुखप्रतिपक्षी नेकपा एमालेसहित दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको हो । संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरू चाँडो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

एक महिनाभित्र प्रदेश प्रहरी समायोजन, निजामती सेवा एन लगायत कार्यान्वयन गरिसक्न दिएको अल्टिमेटम सकिएकाले आफूहरू सङ्घर्षमा जाने प्रधानमन्त्रीलाई चेतावनी दिएको मुख्यमन्त्री सरोजकुमार यादवले बताउनु भएको छ । हामीले भन्यौं अल्टिमेटको समयभित्र माग पूरा भएन । अब संघर्षमा जान्छौं’ मुख्यमन्त्री यादवले भने । तपाइहरुको मागप्रति हामी सकरात्मक छौं । दबाब बढाउनु पर्छ ।

अलि समय थपिदिनु पर्यो भनेर । मुख्यमन्त्री यादवले समय थप गर्ने वा नगर्ने बारे आज गठबन्धनका दलका तथा प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराउने बताएका छन । त्यसपछि मधेश प्रदेशका दलका नेताहरु बसेर छलफल गरी संघर्षको विषयमा निर्णय लिने मुख्यमन्त्री सरोजकुमार यादवको भनाइ छ ।

प्रकाशित : मंसिर २४, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै : बागमती प्रदेश JCNEPAL MEDIA

मुख्यमन्त्री सिंहले सेटिङकाे अधारमा विवादित दासलाई बनाए बारा यातायात कार्यालय प्रमुख : JCNEPAL MEDIA

अन्तराष्ट्रि बहुउद्येश्यि रंगशाला निर्माणका लागि मधेश सरकारले १ अर्ब रुपैयाँ दिने : JCNEPAL MEDIA