विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल

मंशिर २७, २०८० / जेसी नेपाल संवाददाता

नवलपरासी : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आजको विश्वमा शान्तिको महत्त्व झनै बढेर गएको बताए । जनताको राय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ? सरकारी अधिकारीहरूकै मिलेमतोमा तस्करी विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै फितलो तस्करलाई राजनीतिक संरक्षणको परिणाम केही भन्न चाहन्नँ ।

बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ,' प्रधानमन्त्री दाहालले भने । उनले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रुपले शान्तिका निम्ति अपिल पनि गरे।

उनले विश्वमा आफ्नो साम्राज्य फैलाउनका लागि युद्धमा होमिएका अशोक सम्राटले शान्तिका लागि लुम्बिनीमा आएर अशोक स्तम्भ बनाएको सम्झँदै आफूले पनि युद्धबाट परिवर्तन भएर विश्व शान्तिको अभियान चलाएको बताए । रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिबद्धताले उक्त क्षेत्रको महत्त्व झन् बढेर गएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव आएको प्रसंग स्मरण गर्दै अगाडि भने, 'मैले राष्ट्रसंघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो ।

प्रधानमन्त्री दाहालले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएका बताए । उनले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए ।

प्रकाशित : मंसिर २७, २०८० ४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA