सदस्य सचिवमा ३ जनाकाे नाम सिफारिस : सीटीइभीटी

मंशिर २७, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीको सदस्य सचिवका लागि ३ जनाको नाम सिफरिस भएको छ । राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल संयोजकत्वको सिफारिस समितिले महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

उनीहरू तीनै जना सीटीइभीटीका निर्देशन हुन् भने भट्टराई निमित्त सदस्य सचिवको जिम्मेवारीमा छन् । सिफारिस भएका मध्ये एक जनालाई मन्त्रिपरिषद्ले सदस्यसचिव नियुक्त गर्ने व्यवस्था छ । सिफारिस समितिमा शिक्षा सचिव सुरेश अधिकारी र पूर्वसचिव केशवप्रसाद भट्टराई सदस्य थिए । साउनदेखि रिक्त सदस्य सचिव पदको लागि समितिले दरखास्त आह्वान गरेको थियो । त्यसमा १२ जनाले दरखास्त दिएका थिए । ती मध्ये ८ जनाको छोटो सूची बनाएर प्रस्तुतिकरण र अन्तर्वार्ता लिइएको थियो ।

त्यसपछि ३ जनाको नाम छनौटमा परेको हो । तत्कालीन सदस्यसचिव जीवननारायण काफ्ले उमेरहदका कारण अनिवार्य अवकाशमा गएका थिए ।

प्रकाशित : मंसिर २७, २०८० ०५:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

घुमुवा राजको छायाँमा पश्चिम नवलपरासी ; एसएसपी बढुवाको दौडमा रहेका एसपी केसीमाथि गम्भीर प्रश्न, सीमानाकामा तस्करी मौलाएको आरोप : JCNEPALMEDIA

धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना पक्राउ : JCNEPALMEDIA

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA