यादवले विदेशमै रहेको युवकको नाममा फर्जी तमसुक बनाए : महाेत्तरी

मंशिर २८,२०८० / जेसी नेपाल मिडिया

महोत्तरी : विजय यादवले विदेशमै रहेको युवकको नाममा फर्जी तमसुक बनाईे घर जग्गा रोक्का गरिदिएको घटना बाहिरिएको छ । महोत्तरीको सोनमा गाउँपालिका वडा नं. १ सोनमा बस्ने जगदेव रायको छोरा विजय यादवले सोही स्थान बस्ने स्थानीय रामदेव साहका छोरा अजय कुमार साहको नाममा फर्जी कपाली तमसुक बनाएर जग्गा जमिन रोक्का गरिदिएको घटना बाहिरिएको हो । २०७५ सालमा बनाएको सो कपाली तमसुक मिटरब्याजमा मुद्दा परेपछि फर्जी ठहर भएको थियो ।

२०७५ सालमा अजय कुमार साह वैदेशिक रोजगारीमा रहेको बेला स्थानीय एक लिखनदाससँग उनले फर्जी कागज बनाउँदै उनको जग्गाजमिन रोक्का गरिदिएको हो । साह विदेशमै हुँदा उनीमाथि अदालतमा मुद्दा चलाएर उनको जग्गा जमिन रोक्का गराएको हो । यादवले बनाएको कपाली तमसुकको मिति २०७५ साल भएपनि सो समयमा साह वैदेशिक रोजगारीमा रहेकोले औठाँछाप वा हस्ताक्षर समेत फर्जी गरेको बताईएको छ । घर फर्केर आउँदा बहिनी बिहेको लागि जमिन बेच्न खोज्दा जग्गा रोक्का भएको सुनेपछि उनी चिन्तामा डुबे । एक अक्षर नपढेका साहले आफू हस्ताक्षर वा औठा छाप केही नगरेको बताउँछन् ।

अजयको नागरिकता नम्बर १८२०५०/८९८ भएपनि कपाली तमसुकमा १८२०५०/२६३ उल्लेख गरिएको छ । सोही विषयलाई लिएर मिटर व्याज सँघर्ष समितिले दुवै पक्षलाई बोलाएर सहमति गराएपनि नक्कली साहु रहेका यादवले फुकुवा गर्न मानेका छैनन् । मिटरव्याज सँघर्ष समितिका उपाध्यक्ष जलाल शेषले पीडित भनिएका अजय कुमार साहले रकम नै नलिएको र कपाली तमसुक समेत फर्जी भएको पुष्टि भएपछि एक रुपैयाँ तिर्नुनपर्ने सहमति भएको थियो । सोही कागजातमा जग्गा जमिन फुकुवा गर्ने भनेर सहमति गरेपनि यादवले फुकुवा नगरिदिँदा साहलाई समस्या भएको छ । गत भदौ २९ गते दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा सहमति भएपनि नक्कली साहु यादवले फुकुवा नगरेको गुनासो छ ।

अहिले अजय कुमार साह न्यायको लागि विभिन्न सँघ सँस्था, कानुनको ढोकामा भौँतारिदैछन् । यता, मिटरब्याज सँघर्ष समितिका उपाध्यक्ष शेखले समेत सहमति भएको र साहु भनिने विजय यादवले मनोमानी गरेको बताए । उनले विजयलाई जमिन फुकुवाको लागि पटक पटक भनेपछि उनी लुकेर भाग्ने गरेको बताए । अजय साहको १ विघा १ कठ्ठा ५ धुर जग्गा र १८ कठ्ठा खेत रोक्का गरिदिँदा उनी बिच्चलीमा परेका छन् । हामीले अजय यादवसँग नम्बरमा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।

प्रकाशित : मंसिर २८, २०८० ०५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA