६ वर्षीया बालिकाको बलात्कार गरी हत्या : धनुषा

जनकपुरधाम : धनुषामा ६ वर्षीया बालिकाको बलात्कार गरी हत्या भएको छ । २४ घण्टादेखि हराइरहेकी एक बालिकाको बलात्कार गरी हत्या भएको छ । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको बलात्कार गरी निर्ममतापूर्वक हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा स्थानीय सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा बिहीबार राति ७ बजे फेला परेको हो ।

कपडा भने छेउमा फालिएको छ ।सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार शवको प्रकृतिले कसैले जवरजस्ती करणी गरेरै मारेर फालेको जस्तो देखिएको छ । योनीबाट रगत बगेको र स्तनको एक भाग पनि काटिएकाले बलात्कार गरी हत्या गरेको उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

मेयर यादवका अनुसार छिमेकका एकजनाको मटकोरमा बुधबार राति सतोखर पोखरीमा बालिका रथमै चढेर आएकी थिइन् । त्यहाँ रथबाट २।३ जना युवकले उतारेका थिए । सबै घर फर्केपनि बालिका नफर्केपछि उनको खोजविन परिवारजनले गर्दै इलाका प्रहरी कार्यालय सबैलालाई दिएका थिए । खाल्डोको पानी सुकाइएर अहिले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरीले जनाएको छ

घटनामामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानका लागि दुई युवकलाई पक्राउ गरेको छ ।

प्रकाशित : मंसिर २९, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना : JCNEPAL MEDIA

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA