आज धुमधामका साथ विवाहपञ्चमी मनाउदै : जनकपुरधाम

मंशिर १,२०८० / जेसी नेपाल संवाददाता

धनुषा : आज जनकपुरधाममा धुमधामका साथ सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ ।

त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरीने छ । ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौंको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

सप्ताहव्यापी विवाहपञ्चमीको पाँचौ दिन हिजो राम र जानकीको मटकोर गरिएको थियो ।

मंसिर २६ गतेदेखि सुरु भएको विवाहपञ्चमी भोलि जन्तीक रुपमा आएका साधुशन्तको बिदाई गरी विधिवत समापन हुनेछ ।

प्रकाशित : मंसिर १, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA