पक्राउ पुर्जी जारी भएको २० दिन विति सक्दा पनि पक्राउ परेनन् वडाअध्यक्ष पटेल

पुष ०२, २०८० / जेसी नेपाल संवाददाता

वीरगन्ज : किर्ते सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको २० दिन बितिसक्दा पनि बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जितेन्द्र पटेल पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाले १० असोजमा पर्सा जिल्ला अदालतबाट अनुमति लिई किर्ते सम्बन्धी ३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी बिकाश प्रसाद यादव र संगिता देवी पक्राउ परेपनि गैरकानुनी ढंगले सिफारिस गर्ने वडाअध्यक्ष जितेन्द्र पटेल अझै पनि फरार छन् ।

पक्राउ पुर्जी जारी भएको २० दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु आफैमा शंकास्पद रहेको निवेदक प्रमोद प्रसाद यादवले यात्रा डेलीलाई बताए । नक्कली कान्छी आमा बनाएर गैरकानुनी तरिकाबाट पेन्सन बुझ्दै आएको यस प्रकरणमा वडाअध्यक्ष जितेन्द्र पटेलले प्रहरी र अदालतलाई मिलाइसकेको प्रतिक्रिया दिँदै आएका छन् । नगरपालिकाले दिएको ७८२७ नम्बरको ट्रायल होण्डा मोटरसाइकलमै वडाअध्यक्ष पटेलले आवतजावत गरीरहेको प्रत्यक्षदर्शीले बताए । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले खोजी कार्य जारी रहेको बताए ।

अहिलेसम्म वडाअध्यक्ष पटेललाई फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक थापाको भनाई छ । लगातार २ पटक वडाअध्यक्षमा निर्वाचित भएका पटेलले २०७५ सालमा पदको दुरुपयोग गरी कानूनविपरीत सिफारिश गरेका थिए । उनले स्थानीय विकाशप्रसाद यादवकी पत्नीलाई निजकै नक्कली कान्छी आमा बनाएर सिफारिस गरेका थिए । मृतक बुबाको निवृत्तिभरणको लागि आफ्नी पत्नीलाई विकाशले आफ्नी कान्छी आमा बनाएका थिए भने सो कार्यमा वडाध्यक्ष पटेलले सिफारिश गरेका थिए ।

वास्तविक कुरा थाहा हुँदाहुँदै वडाध्यक्ष पटेलले विकाशकी पत्नीलाई निजकी कान्छी आमा भएको सिफारिश गरेपछि विकाशले बुबाको मृत्युपश्चात् पत्नीलाई कान्छी आमा बनाएर निवृत्तिभरण बुझ्दै आएका छन् ।

प्रकाशित : पुष २, २०८० १९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA