रविन पोखरेल नेपाल जेसीजको अध्यक्षमा विजयी

पुष ०२, २०८० / जेसी नेपाल संवाददाता

तिलोत्तमा : नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल सन् २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धी रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरेका हुन् । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भीमबहादुर कुँवर ,सिनेटर सन्दीप अग्रहरी विजयी भएका छन् । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरव श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भए ।

उनीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकृत नरेशचन्द्र ओझाले जानकारी दिए । नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

प्रकाशित : पुष २, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA