पाँच लाखबराबरको अवैध कुखुराको चल्ला नष्ट

पुष ०३, २०८० / जेसी नेपाल संवाददाता

विरगञ्ज : सशस्त्र प्रहरी बलले मंगलबार बिहान बरामद गरेको अवैध कुखुराको ७६ कार्टुन चल्ला नष्ट गरिएको छ। वीरगन्ज महानगरपालिका– ३२ टेढा रामवन सडकखण्डबाट बरामद अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बलले नष्ट गरेको हो।

कुखुरा फार्ममा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका डिएसपी संगम श्रेष्ठले जानकारी दिए। बरामद भएको सात हजार ६ सयवटा अवैध चल्ला पाँच लाख मूल्यबराबरको रहेको श्रेष्ठले बताए।

सो चल्ला नेपाल प्रहरी, पशु क्वारेन्टिन र स्थानीयवासीको रोहवरमा खाल्टो खनी नष्ट गरिएको हो।

प्रकाशित : पुष ३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA