पाँच लाखबराबरको अवैध कुखुराको चल्ला नष्ट

पुष ०३, २०८० / जेसी नेपाल संवाददाता

विरगञ्ज : सशस्त्र प्रहरी बलले मंगलबार बिहान बरामद गरेको अवैध कुखुराको ७६ कार्टुन चल्ला नष्ट गरिएको छ। वीरगन्ज महानगरपालिका– ३२ टेढा रामवन सडकखण्डबाट बरामद अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बलले नष्ट गरेको हो।

कुखुरा फार्ममा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका डिएसपी संगम श्रेष्ठले जानकारी दिए। बरामद भएको सात हजार ६ सयवटा अवैध चल्ला पाँच लाख मूल्यबराबरको रहेको श्रेष्ठले बताए।

सो चल्ला नेपाल प्रहरी, पशु क्वारेन्टिन र स्थानीयवासीको रोहवरमा खाल्टो खनी नष्ट गरिएको हो।

प्रकाशित : पुष ३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA