ब्रान्ड एम्ब्यासडर अनिता यादव समाजसेवा र राजनीतिमा राखे रुचि

पुष ६, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : ब्रान्ड एम्ब्यासडर अनिता यादव समाजसेवा र राजनीतिमा रुचि राखेका छन । अनिता यादव द मिसेज नेसनल–२०१८ की फस्ट रनरअप हुन् । मोडलिङबाटै करियर सुरु गरेकी उनले राष्ट्र र समाजका लागि उदाहरणीय पात्र बन्ने सोच छ । समाज सेवा अन्तरगत "लागु पदार्थ दुर्व्यसन विरूध राष्ट्रिय महा अभियान" लागु पदार्थ मुक्त समाज निर्माण हाम्राे राष्ट्रिय अभियान नारा वाेकेका एमएसडब्लुसी, नेपालमा जुटने साेच बनाएका छन । राष्ट्रिय अभियानी जगदीश चाैधरी ( जेसी नेपाल ) सँगै हिड्ने मनसाय रहेका छन । समाज र देशकालागि हामी एक जुट भएर जानुपर्छ , भनेका छन ।

मोडलिङबाटै करियर सुरु गरेकी उनले राष्ट्र र समाजका लागि उदाहरणीय पात्र बन्ने सोच छ । उनले घडी, सनग्लास आदि थुप्रै विज्ञापनमा काम गरेकी छन् ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले म मधेसगानमा मेन फेसका रूपमा काम गरिरहेकी छु । अहिले यो गीतको सुटिङ भइरहेको छ । त्यसबाहेक म ‘द मिसेस नेसनल–२०२३’ ब्रान्ड एम्ब्यासडरका रूपमा कार्यरत छु ।

यो प्रतियोगितामा कसरी जोडिनुभयो ?

सानैदेखि मोडलिङमा रुचि भए पनि त्यसलाई पूरा गर्न सकेकी थिइन । विवाहपछि श्रीमान्को सहयोगका कारण सामाजिक सञ्जालमा ‘द मिसेस नेसनल–२०१८’ को आवेदन देखेर यसमा भाग लिएकी हु“ ।

अरु केमा रुचि छ ?

मलाई समाजसेवा र राजनीतिमा रुचि छ । पहिले पनि राजनीतिका लागि अफर आएको थियो । तर पूर्णरूपमा तयार थिइन । राजनीतिमा अलि पछि आउ“छु । राष्ट्र र जनताका लागि काम गर्ने मन छ । नाच्न, गाउन, खान पकाउन मन लाग्छ ।

यो टाइटल जितेपछि तपाईंमा के–के परिवर्तन पाउनुभएको छ ?

सबैभन्दा पहिले त मेरो आफ्नो पहिचान बनेको छ । कसैकी छोरी, कसैकी श्रीमती भन्दा मेरो आफ्नै पहिचान छ । आत्मविश्वास बढेको छ । मभित्र भएका नकारात्मक कुरा हराएर सकारात्मक सोचको विकास भएको छ । सबै कुरालाई सहज रूपमा लिन्छु । अरूका सामु खुलेर बोल्न सक्छु ।

आगामी योजना के छ ?

महिलाहरूलाई घरभित्रबाट निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्न ‘द मिसेस नेसनल–२०२३’ ब्रान्ड एम्ब्यासडरक रूपमा जोडिएकी छु । यो प्रतियोगिताको मूल नारा नै ‘महिला सशक्तीकरण’ रहेको छ । आगामी दिनमा यही कामलाई निरन्तरता दिनेछु । यस्ता सौन्दर्य प्रतियोगिताले महिलामा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले उनीहरूका लागि यस्तै प्लेटफर्म लिएर आउ“दैछु । त्योस“गै छात्रवृत्तिमा केही जेहेन्दार कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई पढाउने विचारमा छु ।

प्रकाशित : पुष ६,२०८० १७ :४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA