एक सातामै विदेशबाट ल्यायो चार फरार अभियुक्त : नेपाल प्रहरी

मंशिर ७,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरीले एक सातामै विदेशबाट चार फरार अभियुक्त लियाएका छन । पछिल्लो समय नेपाल प्रहरीलाई एकपछि अर्को सफलता मिलिरहेको छ । जसले गर्दा प्रहरीप्रति आम नागरिकको बुझाई सकारात्मक पाइएको छ । पहिलापहिला प्रहरीलाई नै गाली गर्नेहरु अहिले प्रशंसा गर्न थालेका छन् । ठूला ठूला घोटलामा संलग्न भीआईपी व्यक्तिदेखि अपराधिक गतिवधिमा सक्रिय व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएपछि प्रहरी संगठनको चर्चा हुनु स्वभाविक हो ।

यसको पछाडि संगठन प्रमुखको ठूलो भूमिका हुने गर्छ । सोही क्रममा नेपाल प्रहरीले छोटो समयमा नेपालमा अपराध गरेर विभिन्न देश पुगेका चारजनालाई पक्राउ गरी नेपाल ल्याउन सफल भएको छ । जबकी उनीहरु चारैजना गम्भीर प्रकृतिका मुद्दामा फरार थिए । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा एक सातामा चार अभियुक्तलाई नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको हो । संयुक्त अरब इमिरेट्स (युएई)बाट ३ र कुवेतबाट १ जनालाई पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।

बुधबार मात्र दुईजनालाई प्रहरीले युएईबाट पक्राउ गरी ल्याएको छ । त्यसरी नेपाल ल्याउनेमा प्युठान सरुमारानी गाउँपालिका– १ का ३३ वर्षीया सगिर अहमद र स्याङ्जा वालिङ नगरपालिका– ११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने यामबहादुर बुढाथोकी रहेका छन् । विद्युतीय कारोबारको अपराधमा फरार रहेका अहमदले फेसबुकबाट बालबालिकालाई हिंसा गरेको प्रहरीले जनाएको छ  । अनुसन्धानका क्रममा उनी युएईमा रहेको पत्ता लागेपछि प्रहरीले इन्टरपोलको सहयोग मागेको थियो । गत २० भदौमा रेड नोटिस जारी भएकोमा प्रक्रिया पूरा गरी उनलाई बुधबार प्रहरीले नेपाल ल्याएको हो । साइबर ब्यूरोले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै बुढाथोकी जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार थिए । उनलाई पनि दुबईबाट पक्राउ गरी ल्याइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । तर, उनीविरुद्ध एक वर्षअघि नै रेड नोटिस जारी भएको थियो । यस्तै मंगलबार जबर्जस्ती करणी मुद्दामै इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका– ८ घर भएका ३१ वर्षीय उमेश लामालाई समेत कुवेतबाट पक्राउ गरी प्रहरीले नेपाल ल्याएको छ । गत साउनमा उनले एक युवतीमाथि बलात्कार गरेका थिए । बिहे गर्ने आश्वासनमा बलात्कार गरी उनी वैदेशिक रोजगारीमा विदेश भागेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको हो ।

त्यसैगरी, भिजिट भिसामा युएई पठाउने भन्दै ठगी गरी फरार रहेका सर्लाहीको जानकीनगर घर भएका कोमलराज उपाध्यायलाई समेत युएईको दुबईबाट पक्राउ गरी २९ मंसिरमा नेपाल ल्याइएको थियो । उनले ८३ जनालाई दुई करोड ६३ लाख रुपैयाँ ठगी गरेको मुद्दा प्रहरी कार्यालयमा दायर भएको छ । युएईमा त्रिनेत्र म्यानेजमेन्ट नामक कम्पनी नै सञ्चालन गरी त्यसैको आवरणमा उनले भिजिट भिसामा मानव तस्करीको धन्दा चलाएका थिए । विगतमा इन्टरपोलबाट रेड नोटिस जारी भई वर्षौँ प्रयास गर्दा पनि प्रहरीले उनलाई नेपाल ल्याउन सकेको थिएन । तर, पछिल्लो सफलता प्रहरी नेतृत्वले दुई साताअघि सम्पन्न इन्टरपोलको महासभामा गरेको भेटघाटको प्रभाव भएको प्रहरी स्रोत बताउँछ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले भारत, चीन र युएईका प्रतिनिधिसँग फरार अभियुक्तको पक्राउको विषयमा छलफल गरेका थिए ।

सोही कारण एक सातामै युएईबाट ३ जनालाई पक्राउ गरी नेपाल ल्याउन प्रहरी सफल भएको हो । युएईमा अझै धेरै फरार अभियुक्त लुकेर बसेका हुनसक्ने अनुमान गरिएको छ । उनीहरु पनि छिट्टै कानुनी दायरमा आउने प्रहरीको दाबी छ ।

प्रकाशित : पुष ७, २०८० ०५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतको महाराष्ट्रमा मोदीको पार्टीले २३३ सिटमा जीते JCNEPAL_MEDIA

दाङमा बाल साहित्य सम्मेलन सम्पन्न JCNEPAL_MEDIA

काठमाडौँमा तीन जना मृत्त भेटिए - JCNEPAL_MEDIA

प्रहरी निरीक्षक बिनुकुमारी शाही फरार -JCNEPAL_MEDIA

प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली सहित एनसीआर -JCNEPAL_MEDIA

बैंकको नगद लाभांश प्रस्ताव पारित : सानिमा JCNEPAL_MEDIA