स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा मंत्री बिरेन्द्र सिंहकाे आतंक , जनस्वास्थ्य विभाग अस्तव्यस्त : मधेस प्रदेश

पुष ७, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : मधेसकाे स्वास्थ्य विभागमा मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मंत्री बिरेन्द्र कुमार सिंहले आतंक मचाएका छन । सरूवाकाे नाउमा लाखौं काे चलखेल भएका छन । मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मंत्री बिरेन्द्र कुमार सिंहकाे सचिवालय विचाैलियाकाे चंगुरमा फसेकाले गैरकानुनी सरूवा गरेका छन ।

नेपाल सरकारकाे कानुन एवं स्वास्थ्य नियमावलीमा प्रष्ट व्यवस्था भएता पनि त्यसलाई वेवस्ता गरी काँग्रेसी नेताकाे प्रेसर र रकमकाे चलखेलमा सरूवा गरेका छन। विजय कुमार यादव संकेत नं.१२८७६० साविक स्वास्थ्य सेवा समुह रेडियो ग्राफि तह साताै प्रादेशिक अस्पताल जलेश्वर महाेत्तरीमा सरूवा गरेका छन ।

त्यस्तै , रामदुलार यादव संकेत नं. १४००३५ साविक समुह हेल्थ असिस्टेन्ट तह साताैं पद क्षयकुष्ट सुपरभाइजर अधिकृत स्वास्थ्य कार्यालय ,सर्लाहीलाई स्वास्थ्य कार्यालय , सप्तरीमा सरूवा गरेका छन ।

श्राेतका अनुसार अरूपनि प्रशासन र डा. समेतलाई सरूवा सरूवा गर्ने तरखरमा छन । नेपाली काँग्रेस बाट बनेका मंत्री बिरेन्द्र सिंहले काँग्रेस सभापति शेर बहादुर देसवाका पत्नी आर्जु देउवालाई करोडौं रकम बुझाएर बनेका छन ।

स्वास्थ्य नियमावलीकाे धारा ३७ मा सरूवा सम्बन्धि नियम

सरूवाकाे समय तालिका र सरूवाका अधारहरू (१) एनकाे दफा २५ अनुसार सरूवा गर्दा देहाय बमोजिमकाे समय तालिका अनुसार गर्नु पर्ने छ । (क)मुख्यमंत्री तथा मंत्री परिषदकाे कार्यालयले प्रत्येक बर्षकाे भदौ एक गते देखि भदौ मसान्त भित्रमा , (ख) मंत्रालयले अशाेज १ गते देखि अशाेज १५ गते भित्रमा , (ग) मंत्रालय अन्तरगतकाे निकाय वा विभागले प्रत्येक बर्षकाे अशाेज १६ गतेदेखि अशाेज मशान्त भित्रमा , तर, कुनै कार्यालय रिक्त हुन गएकाे पदमा ताेकिएकाे समय तालिका बाहेककाे समयमा सरूवा गर्नुपरेमा मुख्यमन्त्री तथा मंत्री परिषदको कार्यालयकाे सहमति लिई सरूवा गर्न सकिन्छ ।

खण्ड (६) अतिरिक्त ३ प्रदेश राजपत्र भाग २ मिति २०७९/२/२४ (२)मा

लेखा समुहकाेअधिकृत छैठाे तह र साे भन्दा मुनिका कर्मचारीरूकाे सरूवा प्रदेश लेखा नियन्त्रक कार्यालयकाे निर्णय बाट तथा अधिकृत साताै र आठाैं तहकाे कर्मचारीहरूकाे सरूवा अर्थ मंत्रालयकाे निर्णय बाट र अधिकृत नवाै र दशाै तहकाे कर्मचारीहरूकाे सरूवा मुख्य मंत्री तथा मंत्रिपरिषकाे कार्यालयकाे निर्णयबाट हुने व्यवस्था रहेकाे छ,साे नगरी सबै तह र निर्णय लाई उछेटी आफ्नो मनाेमानी अनुसार सरूवा गरेका छन ।

विवाह पञ्चमी मेलामा प्रदेश स्वास्थ्य आपूर्ति कार्यालयले नि: शुल्क स्वास्थ्य शिविरमा कुनै पनि संघ-संस्थालाई सनेटरी पैड र माक्श उपलब्ध गराएका थिएन । आपूर्ति कार्यालयका अनुसार सनेटरी पैड खरिद नभएकाले हामी उपलब्ध गराउन असमार्य भएका छाै , भनेका थिए । कानुन र अधारलाई नटेकी गरेकाे सरूवा विरूधमा अदालत सम्म जाने भनि पिडित कर्मचारीहरूले वताएका छन ।

 

प्रकाशित : पुष ७,२०८० २३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

राजधानीकै ठूला पसलमा तस्करीको सुन : काठमाडौं JCNEPAL_MEDIA

खुशी - विरेन्द्रक यात्रा कथाकाे आवरण सार्वजनिकीकरण कार्यक्रम सम्पन्न JCNEPAL_MEDIA

अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद JCNEPAL_MEDIA

उपप्रम एवं सहरी विकासमन्त्री सिंह र भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता JCNEPAL_MEDIA

साउनदेखि ड्राइभिङ लाईसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र JCNEPAL_MEDIA