मधेपुरामा महिला पत्रकार प्रेमशिला कुमारी यादव सम्मानित : बिहार

पुष ८, २०८० / जेसी नेपाल संवाददाता

बिहार (भारत) : सिरहा नरहा गाउँपालिका ४ स्नेहासिला मिडियाकी प्रबन्ध निर्देशिका प्रेमशिला कुमारि यादव सहित मधेश प्रदेशका सात पत्रकार मधेपुरामा सम्मानित भएका छन्। उनीहरुलाई भारतको बिहार, मधेपुरामा भारतीय पत्रकार संघको बिहारस्तरीय संगोष्ठी तथा द रिपब्लिकन टाइम्सको छैटौँ स्थापना दिवसको अवसरमा स्व। वरिष्ठ पत्रकार डा. देवासिस बोस अवार्डसहित सम्मान गरिएको हो ।

पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै भारतीय पत्रकार संघले केही भारतीय पत्रकारलगायत सात नेपाली पत्रकारलाई पुरस्कृत गरेको हो । पूर्वमन्त्री जाकिर हुसैन, पूर्व सांसद पप्पु यादव र भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीको हातबाट डा.दिवासिस बोस अवार्डद्वारा पुरस्कृत हुने नेपाली पत्रकारहरूमा सरताज आलम, मध्यान्ह दैनिकका इस्तियाक अहमद र सत्येन्द्रप्रताप सिंहका साथै स्नेहसिला मिडिया सिरहाकी प्रेमशिला यादव, न्युज डेलीका सञ्चालक रघुनाथ गुप्ता, मधेश भूमिका रौतहट संवादाता रुपेश यादव र आरोही टिभीकी संवाददाता अनुष्का शर्मा रहेका छन् ।

बिहारको मधेपुरा शहरको कला भवनमा भारतीय पत्रकार संघ मधेपुरा जिल्ला अध्यक्ष मो। रजीउर रहमानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा स्व। वरिष्ठ पत्रकार डा. देवासिस बोसको जीवन चरित्र र योगदानहरुको बारेमा चर्चा समेत भएको थियो ।

प्रकाशित : पुष ८, २०८० २१:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA