धनगढीबाट पक्राउ परेका पूर्व सई यसरी दिन्थे प्रहरी देखि सर्बसाधरणलाई दुःख

पुष ९, २०८० / जेसी नेपाल संवाददाता

धनगढी : नेपाल प्रहरीका पूर्व सईसमेत रहेका मदनसिंह धामी हिजो (बिहीबार) घर नजिकैबाट समातिए। धामीलाई त्रिनगरस्थित प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको थियो। त्यसपछि वडा प्रहरी कार्यालयको भ्यानले जिल्ला प्रहरी कार्यालय कैलालीसम्म पुगाएको थियो। उसो त धामीलाई बहालवाला प्रहरी कर्मचारी तथा अधिकृतविरुद्ध लागेको एवं जथाभावी गरेको भन्दै नियन्त्रणमा लिइएको जनाइएको छ।

तर, स्वयं धामीले भने आफूलाई कुटपिटसमेत गरेको दाबी गर्दै आफ्नो मेडिकल चेकजाँच पनि गराइएको बताएका छन्। धामी उनै मान्छे हुन्, जसले लामोसमय प्रहरीको जागिर गरेर अहिले आम नागरिक सरह जीवनयापन गर्दै आइरहेका थिए। तर, त्यतिमात्र नभएर अहिले उनी पूर्व प्रहरीबाट तस्कर बनेको प्रहरीकै अनुसन्धानले देखाएको स्रोतको दाबी छ।

स्रोतका अनुसार उनले धनगढीका विभिन्न स्थानहरूसहित धनगढी पारिको डोकेबजार लगायतका क्षेत्रमा वितण्डा मच्चाएको भिडिओ प्रमाणहरु जिप्रका कैलालीको टोलीले हात पारेको छ। सोही प्रमाणको आधारमा उनलाई छानबिनका लागि थुनामा राखिएकाे स्रोतले जनायो। उनले विशेषगरि असुली, तस्करी, धम्की दिने लगायतका कुकर्म र अपराधिक गतिविधि गर्दै आएको प्रहरीकै दाबी छ।

हेर्नुहोस् धामीमाथि लागेका आरोपको विवरण जस्ताको त्यस्तै । १. धनगढी उप-महानगरपालिका वडा नं २ बस्ने राजन गुप्ताको कवाड पसलबाट डर त्रास तथा धम्की दिई महिनावारी रू. ३०००।– का दरले उठाउँदै गरको भिडियो सहितको तस्विर थान –१

२. हामीहरु कहिलेकाँही आफ्नो भारतबाट घरायसी सरसामानहरु लिई आउने महिलाहरुलाई निज मदनसिंह धामीले सामान चेकजाँच गर्ने तथा पैसामाग गर्ने गरेको, यदि पैसा दिन मानेन भने जिल्लामा खबर गरेर प्रहरी बोलाउँछु, तिमिहरुलाई ड्रग्स केसमा फसाएर २५ वर्ष जेल हाल्छु भन्ने जस्ता त्रास देखाउने तथा आफू निवृत्त भई सकेको भएता पनि २ वर्ष अझै मेरो जागिर बाँकी छ, भन्ने कुरा गर्दै निज महिलाहरुबाट मलाई यो त्यो सामान लिएर आउनु नभए प्रहरीलाई खबर गरी दिन्छु भनि निजहरुलाई अनावश्क दुख दिने गरेको भनि नाम नखुलाउने सर्तमा निज महिलाहरु यस कार्यालयमा आइ विवरण खुलाई लेखाई दिएका।

३. हालै भन्सार अगाडी रहेको व्यारेलको डिउटीमा गई भन्सारको डिउटीमा कार्यरत प्रहरी वरिष्ट हवल्दार बिष्णुसिंह कार्की समेतको प्रहरी कर्मचारीहरुलाई ‘तपाईको सई सापले मसंग समन्वय नगरेको भन्ने जस्ता कुराहरु गर्दै हिडिरहेको।

४.जिल्ला बैतडी घर भई हाल धनगढीको मिलनचोक बसी भारतको बनगाँउस्थित पसल व्यवसाय गर्दै आएका वर्ष २७/२८ को गोरखबहादुर चन्दलाई डर त्रास तथा धम्की दिई निजबाट रकम माग गर्ने गाको।

५.जिल्ला कैलाली धनगढी उपमनपा वडा नं ३ स्थितमा मनोज गल्ला पसलका संचालक एकल महिला समतबाट विभिन्न किसिमका डर त्रास तथा धम्की देखाई रु.८४,०००।– नगद लगेको र हाल उक्त रकम माग गर्दा तलाई नेपालमा बस्नु छ कि छैन भन्ने जस्ता त्रासहरु देखाउने गरेको भिडियो सहितको तस्विर थान–१।

६.डिउटीमा खटिईएका प्रहरी कर्मचारीहरुले कुनै पनि अवैध सामानहरु रोकी चेकजाँच गर्ने क्रममा उक्त स्थानमा तुरुन्त पुगी खटिएका कर्मचारीहरुलाई प्रहरी चेकिङमा बाधा पुर्याउने तथा निम्न दर्जाका कर्मचारीहरुलाई त्रास देखाउने गरेको ।

७. जिल्ला कैलाली धनगढी उपमनपा वडा नं २ स्थितमा निजको संरक्षणमा गौरव गल्ला पसलबाट अवैध रुपमा भारतिय चामल लगायतका सामाग्रीहरु बेचबिखन गर्दै आएको ।

८. जिल्ला कैलाली धउमनपा २ स्थित रहेको बिजय होटलमा महिनावारी दिनु पर्छ नभए प्रहरीलाई छाया हान्न लगाउँछु भनि डर त्रास देखाउँदा निजहरुको कुरा नमिली होटल साहुको टाउकोमा बियरको बोतल प्रहार गरेको ।

९. जिल्ला कैलाली धनगढी उपमनपा वडा नं ४ स्थित कमल जितले संचालन गर्दै आएको दुर्गा चर्तन भण्डारमा २ महिना पहिले निज मदनसिंह धामीले साथमा एकजना पुनर्वास तिरको महिला ल्याई रु.१८,९९०।– बराबरको विभिन्न भाडा बर्तनहरु लगी पैसा माग्दा भोली दिन्छु भनेको र बारम्बार पैसा माग्न जाँदा नदिने डर त्रास देखाउने गरेको र हाल सम्म पैसा नतिरेको भिडियो सहितको तस्विर थान-१

१०. विभिन्न मितिमा भारतको वनगाँउवाट घरायसी सामानहरु लिएर आउदै गरेको समयमा प्रहरी ब्यारोल पुग्नु पहिले नै निज मदनसिंह धामीले सामान चेकजाँच गर्ने तथा आफु बहालवाल प्रहरी कर्मचारी है भनि डर त्रास देखाई सामान नियन्त्रणमा लिने तथा सामान लगेर अन्यत्रै लगेर बेच्ने गर्ने गरेको भनि स्मूत्र सिंह र निलम भण्डारीले यस कार्यालयमा आई खुलाई लेखाई दिएका छन ।

समाचार- विश्वास खवर बाट

प्रकाशित : पुष ९, २०८० ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा : दुर्गा प्रसाईं JCNEPAL_MEDIA

भारतको महाराष्ट्रमा मोदीको पार्टीले २३३ सिटमा जीते JCNEPAL_MEDIA

दाङमा बाल साहित्य सम्मेलन सम्पन्न JCNEPAL_MEDIA

काठमाडौँमा तीन जना मृत्त भेटिए - JCNEPAL_MEDIA

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी जनकपुर आउदै JCNEPAL_MEDIA

प्रहरी निरीक्षक बिनुकुमारी शाही फरार -JCNEPAL_MEDIA