पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

पुष १२, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने बताए ।

बागलुङ उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि आफू अटल रूपले निर्देशित भएको बताए ।

जुन आस्था र विश्वास बोकेर ०४६ सालमा म धौलागिरिमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटल रुपले निर्देशित छु : उनले भने । आजको यो संविधान त्यसरी नै कठोर मिहिनेत र नेपाली जनताको रगत पसिनाले लेखिएको छ । पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सांसद देवीप्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताए ।

प्रकाशित : पुष १२,२०८० ०५:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना : JCNEPAL MEDIA

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA