पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

पुष १२, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने बताए ।

बागलुङ उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि आफू अटल रूपले निर्देशित भएको बताए ।

जुन आस्था र विश्वास बोकेर ०४६ सालमा म धौलागिरिमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटल रुपले निर्देशित छु : उनले भने । आजको यो संविधान त्यसरी नै कठोर मिहिनेत र नेपाली जनताको रगत पसिनाले लेखिएको छ । पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सांसद देवीप्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताए ।

प्रकाशित : पुष १२,२०८० ०५:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

घुमुवा राजको छायाँमा पश्चिम नवलपरासी ; एसएसपी बढुवाको दौडमा रहेका एसपी केसीमाथि गम्भीर प्रश्न, सीमानाकामा तस्करी मौलाएको आरोप : JCNEPALMEDIA

धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना पक्राउ : JCNEPALMEDIA

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA