मिटरब्याजीले कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि पीडितहरुले गरे धर्ना : सिरहा

पुष, १३,२०८०/ जेसी नेपाल संवाददाता

सिरहा : मिटरब्याजीले कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि पीडितहरु धर्ना दिएका छन् । बुधबार दिउँसो सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहमाथि श्याम निरौलाले कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका १ का मिटरब्याज पीडित रातभर धर्ना बसेका हुन् ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए । बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । धर्नामा पासवान पनि बसेका थिए ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनलाई अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसपी लिम्बुले बताए ।

संयोजक पासवानका अनुसार अदालतमै पीडितमाथि कुटपिट हुँदा प्रहरीले मिटरब्याजीलाई जोगाएर गाडीमा जिल्ला प्रहरी ल्याएका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । उल्टै प्रहरीले लाठीचार्ज गर्दै धपाउने भनेर धम्काएपछि रातभरि धर्ना बसेको उनको भनाइ छ । एसपी लिम्बुले कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु बिना औचित्य रातभर धर्ना बसेको बताए ।

त्यस्तै पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए ।

प्रकाशि : पुष १३, २०८० ०५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना : JCNEPAL MEDIA

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA