पहाडमा आंशिक बदली भई ,तराईमा हुस्सु लाग्ने संभावना : मौसम पूर्वानुमान

पुष, १३,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स लागेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशभर तापक्रम घट्दो दरमा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशि : पुष १३, २०८० ०६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA