बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर : जिल्ला अदालत काठमाडौं
11 महीना पहिले
पुष १४,२०८०/ जेसी नेपाल संवाददाता
- क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बालिका बलात्कारसम्बन्धी मुद्दाका केही तथ्य यस्ता छन् ।
– नाबालिकालाई होटलमा बलात्कार गरेको अभियोगमा २०७९ असोज २० गते सन्दीप लामिछाने पक्राउ ।
– २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता ।
१५ गतेदेखि १८ सम्म थुनछेक बहस ।
– २०७९ मंसिर ६ देखि १४ गतेसम्म ६ पटक वयान र बकपत्रका लागि पेशी ।
– २०७९ पुस १२ गते न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासबाट प्रमाण बुझ्ने आदेश ।
– ०८० बैशाख ६ गते न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले साक्षीको वयान र बकपत्र गरायो ।
– ०८० बैशाख ११ मा न्यायाधीश दीपक ढकालको बेञ्चमा पेशी तोकिएको थियो, हेर्न नभ्याइने सूचीमा पर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?