आज देखि बुटवलमा विभिन्न जातजाती र संस्कृतिका परिकार राखी सडक खाना महोत्सव मनाउने

पुष १४,२०८०/ जेसी नेपाल संवाददाता

बुटवल : आज देखि बुटवलमा विभिन्न जातजाती र संस्कृतिका परिकार राखी सडक खाना महोत्सव मनाउने भएका छन । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ स्थित तीनकुनेदेखि उत्तरतर्फ नयाँ बस पार्कसम्मको सडकमा हुने महोत्सवको तयारी पूरा भएको शुक्रबार सचिवालयमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

नेपाली खाना तथा कला संस्कृतिको संरक्षण सम्वद्धर्न गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा रात्रीकालिन विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले बताए । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित सडक खाना महोत्सव हुने भएको उनले बताए । महोत्सवमा विभिन्न जातजाती र संस्कृतिका खानाका परिकारका स्टलहरु राखिने उनले बताए । महोत्सव सम्पन्न गर्नको लागि मूल समिति तथा विषयगत २९ वटा समिति गठन गरिएको छ ।

उज्यालो बुटवलको रुपमा विकास हुँदै गरेको कालिका पथको सडकमा आयोजना गरिएको सडक खाना महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार गर्ने लक्ष्य रहेको उनले बताए । खाना महोत्सवको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने र कार्यक्रमको उद्घाटन अगाडि सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको र्याली निकालिने संघका महासचिव अर्जुन थापाले बताए । नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्घन, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारालाई यो वर्ष आत्मसात गरिएको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए ।

उनले ब्यवसायलाई चलायमान बनाउन महोत्सवबाट मद्दत मिल्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, पर्यटन उपाध्यक्ष समुन्द्र जिसी, सल्लाहकार बालाराम भट्टराई, चिरञ्जीवी शर्मा, कुलचन्द्र पाण्डे, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्घितिय उपाध्यक्ष प्रेम भट्टराईले सडक खाना महोत्सव यस क्षेत्रकै पहिचान बनेको दाबी गरे । संघका सचिव थमन भण्डारीले मौलिक पहिचान दिने खानाका परिकारसहितका एक सय स्टल दर्ता भएको बताए ।

प्रकाशित : पुस १४, २०८० ०५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

ई-बिडिङ ह्याकिङ ‘महाजाल, ठेक्कामा साइबर चलखेल,६ जना निर्माण व्यवसायी पक्राउ : JCNEPALMEDIA

आउदो साउन देखि नगरपालिका बाटै नापी र मालपोत सेवा दिने : JCNEPALMEDIA