अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ

पुष १४,२०८०/ जेसी नेपाल डेस्क

काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौंकाे सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा रहेकी छिन् ।

थापाले हेमराज रेग्मीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलब हुन्छ भनी प्रलोभनमा पारी १४ लाख ९० हजार रुपैयाँ लिई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १४, २०८० ०६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA