एसएसपी शाह हेडक्वार्टर, डिएसपी लम्साल र सई निलम्बित: बालकुमारी घटना

पुष १४, २०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।

शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बनमा परेका छन् । बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको ज्यान गएको थियो भने बहालवाला मन्त्रीको गाडीमा प्रदर्शनकारीले आगो लगाएका थिए ।

बालकुमारी घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : पुष १४,२०८० ०२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA