एसएसपी शाह हेडक्वार्टर, डिएसपी लम्साल र सई निलम्बित: बालकुमारी घटना

पुष १४, २०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।

शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बनमा परेका छन् । बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको ज्यान गएको थियो भने बहालवाला मन्त्रीको गाडीमा प्रदर्शनकारीले आगो लगाएका थिए ।

बालकुमारी घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : पुष १४,२०८० ०२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना : JCNEPAL MEDIA

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA