डिआइजी आचार्यको संयोजकत्वमा समिति गठन : बालकुमारी घटना

पुष १४, २०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : शुक्रबार दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । डीआइजी लालमणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीले बताए ।

उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ । कोरियन भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान बालकुमारी क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो ।

त्यसपछि आक्रोशित युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

प्रकाशित : पुष १४,२०८० ०२:०२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA

रौतहटमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु : JCNEPAL MEDIA

आजको बैठकमा सांसदहरुको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने : प्रतिनिधि सभा JCNEPAL MEDIA

भूमि आयोगका अध्यक्षसहित पाँच जना फरार : सिरहा JCNEPAL MEDIA

यातायात व्यवस्था कार्यालय गौरकाे लाइसेन्समा अवैध कारोबार चलिरहेको खुलासा : JCNEPAL MEDIA

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण : राष्ट्रिय परीक्षा वाेर्ड JCNEPAL MEDIA