बुटवलको सडक खाना उत्सव र ब्राण्ड होः घिमिरे

पुष १४, २०८० / जेसी नेपाल मिडिया

बुटवल : नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित बुटवलमा पाँचौ सडक खाना महोत्सव २०८० शुरु भएको छ । एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शनिबार उद्घाटन गर्दै खाना महोत्सवको ईतिहास धेरै पुरानो भएको बताए ।

मानव विकासको क्रमसंगै करीब १० हजार वर्षअघि ग्रिसबाट शुरु भएको ईतिहास रहेको उनले बताए । समुद्रमा पाईने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा यो चलेको उनले बताए । पछिल्लो समय भने शहरीकरणसंगै वातावरण स्वच्छ, हाईजेनिक रहेको पुष्टि गर्ने रुपमा यो चल्न थालेको उनले बताए । विश्व कुनै ठाउमा समयको रोकतोक नभएको भन्दै सुरक्षाको ब्यवस्थापन भने सरकारको जिम्मेवारी भएको उनले बताए । रुपन्देहीमा भएका विकासको गतिलाई हेरेर ७० अरब भन्दा बढी नीजि क्षेत्रको लगानी भएको तथ्यांक पछिल्लोसमय देखिएको उनले बताए ।

रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिदासमेत थेग्न सक्ने स्तरका होटलको क्षमता रहेको उनले दाबी गरे । कार्यक्रममा प्रदेश उद्योगमन्त्री रोज राणाले भाषण गर्ने कार्यक्रम सही नभएको बताए । २४ घण्टा ब्यवसाय गर्न देखिने समस्याबारेमा टेबलमा बसेर छलफल गर्न तयार रहेको उनले बताए । टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेको उनले बताए । अब भाषण नभई काम गर्ने समय भएको उनले बताए । आफू आश्वासन बाँड्ने नभई काम गर्न तयार रहेको उनले बताए । देशमा भित्रिने पर्यटनलाई प्रशासनबाट सडक सडकमा दिईने हैरानी रोक्न आजको आवश्यकता भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अब लुम्बिनीको विकास देशकै मोडल भएको बताए । लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि ब्यवस्थापन जरुरी रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा सभासद भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेला महोत्सव भएको बताए । जनता बिनाको विकास अपुरो हुने भन्दै उनले उपभोक्ता समितिमार्फत गरिएको काम सधै सफल हुने उनले बताए । नया जोगीले खरासी घस्छ भन्ने तर्क दिदै नया मन्त्रीको काम ६ महिनामा देखिने उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताए ।

आशा जागेको शहर र जनताले धानेको शहर बुटवल भएको भन्दै उनले निजी क्षेत्रबिना नगरको विकास सम्भव नभएको बताए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले ब्यवसाय प्रवद्र्घनमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताए । सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको उनले बताए । कार्यक्रममा संस्थागत अध्यक्ष तथा वरिष्ठ सल्लाहकार माधव नेपालले होटल ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । गढ्ढादेखि नुवाकोटसम्म पुग्ने केबलकार जोड्न सके एउटै प्रदेशका दुई जिल्ला जोड्ने ३ वटा केबलकार हुने प्रदेशको रुपमा पहिचान मिल्ने उनले बताए ।

कालिका पथलाई रात्रीकालिन बजारका रुपमा अघि बढाउन आफुहरु पहल गरिरहेको उनले बताए । संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बुटवलमा रात्रीकालिन बजारको दबाब स्वरुप सडक खाना महोत्सव शुरुवात गरेको बताए । खान र घुम्न बुटवल जानुपर्छ भन्ने प्रचार गराएर देशभित्र र बाहिरबाट समेत आगामी दिनमा भित्राउने गरी अघि बढ्ने उनले बताए । यसैबिच ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियम लगायत बाह्य पर्यटकहरुलाई सम्मान गरिएको छ । दिउँसो निकालिएको जनचेतनामुलक र्यालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

यसैगरी नेपाल महिला मगर संघ, बुटवल नगर कमिटि दोस्रो, उचिडहवा स्वावलम्बन समुह र तितेपाती सहकारी संस्था तेस्रो भए । यसैगरी समावेशी टोल बिकास संस्था र मिलन टोल विकास संस्था सान्त्वना भए । एक सय स्टलहरुमा विभिन्न जाती र संस्कृतिका पहिचान झल्किने खानाका परिकारहरु राखिएका छन् । अहिलेको चर्चित अरेली काडैमा..गीतकी गायिका शान्तिश्री परियार, कलाकार उज्वल घिमिरे, स्थानिय सागितिक ब्याडहरुले प्रस्तुती दिने छन् ।

प्रकाशित : पुष १२,२०८० ०५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA