फिल्डमा २ प्लस २ चार हुँदैन आईजीपीकाे भनाइ : बालकुमारी घटना

पुष १७,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : २ जनाको ज्यान गएको र मन्त्रीको गाडीसमेत जलेको बालकुमारी घटनाबारे प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले संसद्को राज्यव्यवस्था समितिमा जवाफ दिएका छन्।

बालकुमारी घटनाबारे सोमबार समितिमा जवाफ दिँदै आईजी कुँवरले फिल्डमा "२ प्लस २ चार" नहुने बताए। कानून र आदेशमा एउटा होला, तर फिल्डको परिस्थिति फरक हुन्छ। फिल्डमा २ प्लस २ चार हुँदैन, परिस्थिति फरक हुन्छ : आईजीपी कुँवरले भने। आईजीपी कुँवरले समितिमा फितलो जवाफ दिएका छन , अधिकांश सदस्यहरूकाे भनाइ रहेको छ ।

आईजीपी कुँवरले पुखता जवाफ दिनु पर्थियाे त्यो भएन । माननीय मन्त्री ज्यूको गाडी नै जलेको छ। मन्त्री आफैं त्यही हुनुहुन्छ। त्यो पनि भ्यालीमा भनेपछि फिल्ड कमाण्डर केही संयमता गुमाएको हुनसक्छ। तर फिल्डको परिस्थिति हामीले भनेजस्तो हुँदैन फरक हुन्छ, उनले भने। आन्दोलनको नेतृत्वकर्ता कोही नभएकाले बल प्रयोग नगरेको भए थप क्षति हुने अवस्था रहेको आईजी कुँवरले उल्लेख गरे। फिल्डको अवस्था अर्कै हुन्छ। जाहेर गर्नुपर्ने अवस्था पनि होला/नहोला पनि। मन्त्रीको गाडी मन्त्रीलाई नै राखेर जलाउन लागे भन्ने भएपछि त्यो भएको देखिन्छ। कुनै लिडरसिपमा त्यो आन्दोलन थिएन आन्दोलन।

त्यति रेस्पोन्स नगरको भए अरु थप क्षति हुने अवस्था पनि थियो। कमभन्दा कम बल प्रयोग गर्ने नीति अनुसार नै काम गरेका छौं : कुँवरले भने। ईपीएस शाखामा आन्दोन हुनेबारे प्रहरीलाई पहिल्यै जानकारी भएको र सोअनुसार प्रहरी समेत परिचालन गरिएको कुँवरले बताए। बिहान ७ बजेबाटै युवाहरु जम्मा भएर आन्दोलन सुरु गरेका थिए। ११:३० बजे ईपीएस शाखामा तोडफोड भयो। त्यसपछि अश्रु ग्यास प्रहार भएको देखिन्छ। केही ग्रुपहरु बालकुमारी, केही सातदोबाटोतर्फ गए। यही क्रममा ११:५२ बजे कान्तिपुर पार्टी प्यालेसबाट निस्केर मन्त्रीको गाडी कोटेश्वरतर्फ अघि बढ्यो अनि यो घटना हुन पुग्यो : आईजी कुँवरले भने। त्यतिबेला कोटेश्वर सातदोबाटोको गाडी आउन बन्द गरिएको थियो।

त्यस्तो बेलामा हिँड्दा पीएसओले समस्याको बारेमा जानकारी लिनु पर्नेमा नलिएको पाइएको कुँवरले बताए। जब भिडमा गाडी रोकियो। अनि मन्त्रीसँग विवाद भयो। मन्त्रीलाई नै खुँडा हान भनेकोसम्म भिडियोमै सुनिन्छ। मन्त्रीको जीउ ज्यानको कुरा पनि आयो। गाडी जलाउन लागेको भन्ने आएपछि मास क्लियर गर्न फिल्डमा खटिएका डीएसपी उमेश लम्साल अघि बढे। ११:५४ बजे मन्त्रीलाई हातपात गरेको भन्ने छ। त्यसपछि सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित ठाउँमा लगे भने प्रहरीको पीएसओले मन्त्रीको गाडी कुरे। ११:५५ बजे मन्त्रीको गाडीको हावा फुस्काइयो। १२:२० बजे आगो लगाइयो। १२:४० मा एक्कासी सुजन राउत घाइते भएको अवस्थमा अस्पताल पठाइएको। उनको किस्ट अस्पतालमा १:३० मृत्यु भयो। १२: ४२ बजे वीरेन्द्र शाह घाइते भए।

उनलाई पाटन लगिएकोमा १:३७ मा डाक्टरले मृत घोषित गरे भने १२:४५ मा आगो नियन्त्रणमा आएको देखिन्छ : आईजी कुँवरले भने। सो क्रममा ८ जना प्रहरी घाइते भएको उनले बताए। अन्य ठाउँका केही घटनाहरुमा प्रहरीले बल प्रयोग नगर्दा क्षति भएको भनेर समेत आलोचना भएका थिए। त्यहाँमाथि भीआईपीको गाडी जलाएको र मन्त्री पनि त्यही रहेको भन्ने अपुष्ट खबरपछि प्रहरीले बल प्रयोग गरेको देखिएको उनले बताए। यसमा बल प्रयोग ठिक हो/होइन छानबिनपछि खुल्ला। प्रहरीले सम्झाइ बुझाइ गरेको पनि देखिन्छ। माइकिङ गरेको छ। त्यतिले नभएपछि १२४ सेल अश्रु ग्यास प्रहार भएको थियो। रबर बुलेट, हवाई फायर गरिएको छ : आईजीपी कुँवरले भने।

प्रकाशित : पुस १७, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA