विद्यालय विद्येयकबाट समाजवादउन्मुख शिक्षा निर्माणको अभियान सुरु गर्नुपर्छ : भट्टराई

पुष १८, २०८० / जेसी नेपाल मिडिया

काठमाडौं : नेकपा (एमाले)की सांसद विद्या भट्टराइले समाजवाद उन्मुख शिक्षा निर्माण गर्ने अभियान प्रतिनिधिसभामा विचाराधीन रहेको विद्यालय शिक्षा विद्येयक, २०८० बाट नै सुरु गर्नुपर्ने बताएकी छन् ।

शिक्षा विधेयकलाई समाजवाद उन्मुख शिक्षा नीति निर्माणको सुरुवाती चरण गर्न एमाले प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । विगतमा के भयो भन्ने भन्दा पनि अब कस्तो नीति लिने र कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रति हुनुपर्ने भट्टराईले बताइन् । शिक्षामा कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता रहेको भन्दै उनले आफ्नो पार्टीले पनि कम्तिमा २० प्रतिशत लगानी शिक्षामा हुनुपर्ने माग राखेको बताइन् ।

अबको कानुनमा नै शिक्षामा लगानीको सुनिश्चितता गरेर जानुपर्ने अडानमा एमाले रहेको भट्टराईको भनाइ थियो । शिक्षा राज्यको दायित्व भन्दै संविधानमा स्पष्ट लेखिसकेकाले अब बन्ने कानुन संविधानलाई कार्यान्वयन गर्न बनाइने उनको भनाइ थियो । राजनीतिक दलले नेतृत्व निर्माणलाई जति प्रधानता दिन्छ त्यति नै शिक्षा प्रणालीलाई महत्त्व दिन नसकेको भट्टराईको भनाइ थियो । सांसदको नैसर्गिक अधिकारलाई कसरी प्रयोग गर्ने भन्ने कुरा उठिरहेको सन्दर्भमा शिक्षा विधेयक संसद्मा दर्ता भएर शिक्षा, स्वास्थ्य तथा सूना प्रविधि समितिमा आइपुगिसक्यो ।

समितिले अब कार्ययोजना बनाएर अघि बढ्नेछ । त्यसअनुसार छलफल अघि बढाएको छ । विद्येयकले एक तह पार गरिसक्यो । सांसदहरूको सशोधन आइसक्यो : उनले भनिन्न । त्यहि अनुसार समितिले कार्यक्रम तयार बनाइसक्यो । आजको सन्दर्भम देखा परेका समस्या, ऐन नभएकै कारण खेपेका समस्या के-के हुन् भन्ने र संविधानले व्याख्या गरेको मर्मलाई संविधानको कार्यान्वयन गर्ने चरणमा जादैछौं । त्यसका लागि ऐन बनाउँदैछौं ।

संविधानको मर्ममा टेकेर ऐन कसरी बनाउने भन्ने विषयलाई छलफलमा लक्षित गरी ऐनमा पार्टीको भूमिकाभन्दा पनि सांसदको भूमिकालाई जोड दिन सकेको खण्डमा शिक्षा ऐन राम्रो बन्ने भट्टराईको भनाइ छ ।

प्रकाशित : पुष १८,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA