पीडितलाई क्षतिपूर्ति दिन मानव अधिकार आयोगको निर्देशन : आरती साह मृत्यु प्रकरण

पुष २३, २०८० / जेसी नेपाल संवाददाता

शिवकुमार काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा जिल्लाका प्रहरी अधिकारीदेखि अस्पतालका चिकित्सकसमेत दोषी देखिएको निष्कर्ष निकालेको छ । आयोगले पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत निर्देशन दिएको छ । आयोगले साहकी बहिनी मनिषालाई १ लाख ५० हजार रुपैयाँ, आमा निर्मला देवी साहलाई १ लाख रुपैयाँ र भाई प्रेम र बुबा विनोद साहलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगले सो घटनामा पीडित परिवारले प्रहरीसमक्ष उजुरी दर्ता गराउन खोज्दा प्रहरीले गम्भीरताका साथ नलिएको, अस्पतालको पोष्टमार्टममा समेत कमजोरी देखिएको भन्दै चिकित्सकको भूमिकामाथि समेत प्रश्न उठाएको छ । पीडितको स्वच्छ न्याय पाउने अधिकार प्रचलनमा प्रभाव पारेको भन्दै आयोगले सो कार्यमा संलग्न जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवंम् प्रहरी उपरिक्षक विश्वराज खड्का, प्रहरी नायव उपरिक्षक वदेन प्रसाद गौतम, प्रहरी निरिक्षक दिनेश अधिकारी उपर विभागीय कारवाही गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ ।

त्यस्तै, पोष्टमार्टम गर्ने कार्यमा संलग्न चिकित्स डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दिपेन्द्रकुमार सिंहले लापरवाही गरेको भन्दै आयोगले आगामी दिनमा सचेत पुर्व कार्य गर्न नेपाल मेडिकल काउन्सिलले परिपत्र गरी पठाउनु भनी निर्देशनात्मक आदेश दिएको छ । जनकपुर उपमहानगरपालिका-९, थापा चोककी २३ वर्षिया आरतीको जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले भने उनको मृत्यु नभई हत्या भएको दाबी गर्दै आएको छ ।

तर प्रहरीले भने घटनालाई आत्महत्याका रुपमा मुद्दा दर्ता गरेर टुंग्याउन चाहेको थियो । त्यसपछि माइती पक्ष आन्दोलित छ । साहको मृत्यु प्रकरणमा मानव अधिकार आयोगले गरेको अध्ययनले प्रहरीले पीडितको उजुरीलाई बेवास्ता गरेको, पोष्टमार्टम गर्ने चिकित्सकले दुई महिनाको गर्भवती रहेकी आरतीको गर्भावस्थाबारे कुनै उल्लेख नगरेको, मृतकको परिवारलाई प्रहरीले बयान दिन बोलाइ प्रहरीले तयार गरेको कागजमा हस्ताक्षर गराउन खोजेको, मोबाइलमा भिडियो खिच्न खोज्दा प्रहरी र पीडित पक्षबीच हानाहान भएको र आरतीको परिवार घाइते हुनुका साथै केही प्रहरी कर्मचारी समेत घाइते भएको देखिएको जनाएको छ । आरतीका बुवाआमासहित माइती पक्षले ७ महिनादेखि काठमाडौँमा धर्ना बसेर न्यायका लागि गुहार मागिरहेका छन् ।

प्रकाशित : पुष २३,२०८०             ०२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA