तीन जना मिलेर खोलेकाे नक्कली एसबीआई बैंककाे भयो पर्दाफास : भारत

पुष २४, २०८०/ जेसी नेपाल संवाददाता

रचना झा / भारत

काठमाडौं : अपराधको दुनियामा अचम्म लाग्ने घटनाहरु घटिरहेका हुन्छन् । यी मध्ये कयौँ घटना यस्ता हुन्छन् जसका बारेमा सुन्दा अपत्यारिलो र आम मानिसको कल्पनाभन्दा बाहिरको हुन्छन् ।

अपराधको बढ्दो सञ्जालसँगै आजभोलि बैंकिङ कसुर र जालझेलका घटना समेत वृद्धि भएका छन् । यस्तै एउटा घटना भारतको तमिलनाडु राज्यमा घटेको छ । भारतको तमिलनाडु राज्यमा तीन जना व्यक्ति मिलेर नक्कली एसबीआई बैंक खोलेको घटना सार्वजनिक भएको छ । तीन महिनादेखि नक्कली एसबीआई बैंकको शाखा खडा गरी ठगी धन्दा चलाएको भन्दै परुनति भन्ने ठाउँबाट तीन जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एसबीआई बैंकका एक पूर्व कर्मचारीको छोरा समेत संलग्न रहेको तमिलनाडु प्रहरीले जनाएको छ । यो अपराधिक योजनाको प्रमुख योजनाकार कमल बाबु नामक व्यक्ति थिए । कमलका आमा बुवा दुवै जना बैंकका कर्मचारी थिए । उनको बुवाको मृत्यु १० वर्षअघि नै भएको थियो भने आमा भने दुई वर्षअघि बैंकबाट अवकाश भएकी थिइन् । अपराधमा संलग्न अर्का व्यक्ति छापाखाना चलाउने गर्थे । तेस्रो व्यक्ति चाहिँ रबर स्ट्याप्प बनाउने काम गर्थे ।

छापाखाना सञ्चालन गर्ने व्यक्तिले बैंकको नक्कली कागजात बनाउने गर्दथ्यो । रबर स्ट्याप्म बनाउने व्यक्तिले नक्कली कागजातमा छाप लगाउने काम गर्दथ्यो। नक्कली बैंकका बारेमा तब शंका उत्पन्न भयो जब एक व्यक्तिले पनरुतिमा शाखा कार्यालय देखे र बैंकको असली एसबीआई शाखाको म्यानेजरलाई फोन गरे । नक्कली शाखाका बारेमा थाहा पाएपछि बैंकका क्षेत्रिय अधिकारी पनि अचम्मित बने र यसबारे बैंकको म्यानेजरलाई जानकारी दिइयो । पनरुतिमा बैंकको दुई वटा शाखा कार्यालय हुँदा हुदै पनि तीन जनाले त्यहाँ शाखा कार्यालय खोल्ने आँट गरेका थिए ।

प्रहरीका अनुसार नक्कली बैंकबाट कुनै पनि कारोबार भने भएको पाइएको छैन ।

प्रकाशित : पुष २४,२०८० ०६:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA