मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास : सिरहा

पुष २५, २०८०/ जेसी नेपाल संवाददाता

सिरहा : सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो। मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले कुटपिट गरी खुकुरी प्रहारको प्रयास गरेको पीडित पक्षको भनाइ छ।

पीडितका अनुसार वाड नं. ८ मझाउन टोलका मिटरब्याजी सुरेश पजियारले १ विघा एक कठ्ठा खेत र डेढ कठ्ठाको घरघडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याए । त्यसबाट १० कठ्ठा खेत र घरघडेरी सञ्जयकै छिमेकी रामनारायणको हातबाट बिक्री भएको छ । जसका कारण सञ्जयसहित उनका आमा–बुबासहित परिवारका सदस्य विस्थापित भएका छन् । हाल जनकपुरमा डेरा लिएर बसेर कन्सट्रक्सनको काम गरिरहेको सञ्जयले बताए ।

सोमबार आफ्नो घरमा जान खोज्दा रामनारायणसहित उनका छोरा र भाइले कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेको सञ्जयले बताए । सञ्जयमाथि हातपात गर्दै खुकुरी उज्याएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ।

- समाचार अनलाईन खवरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA