पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा महिला पत्रकार सम्मानित : महावीर युवा कमिटि

पुष २८, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा महिला पत्रकार सम्मानित भएका छन । जनकपुरधामको श्री महावीर युवा कमिटिको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत आज पाचौ दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कमिटीकै सभाहलमा सम्पन्न रक्तदान कार्यक्रममा जनकपुरधामका १०० जना भन्दा बढिले रक्तदान गरेका छन । सो अवसरमा महिला शहिद पत्रकार उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा जनकपुरधामका महिला पत्रकारहरुलाई सम्मान गरेका छन ।

कमिटिका अध्यक्ष अजय गुप्ताको अध्यक्षता तथा मधेश प्रदेश सरकारका स्वास्थ्य तथ जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहजीको प्रमुख आतिथित्यमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित : पुष २८,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA