मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचारी ठहर

पुष २८, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् ।राजश्व हिनामिना भ्रष्टाचार गरेको मुद्दामा उनीहरु दोषी ठहर भएका छन् । मालपोत कार्यालयका तत्कालीन दुई जना प्रमुख, एक नायब सुब्बा र एक जना लेखापाललाई अदालतले दोषी ठहर गरेको छ । मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख प्रकाश प्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले गएको बुधबार चारै जनालाई दोषी ठहर गरेको छ । अदालतले चारै जनालाई सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ । मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल चैत २८ गते चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो । अख्तियारले उनीहरुले मालपोत कार्यालयमा आर्थिक वर्ष २०७२र७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको पाइएको थियो ।

विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको पाइएको अख्तियारले जनाएको थियो । अख्तियारले तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध ९३ लाख ६६ हजार २०९, तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माविरुद्ध एक लाख ४१ हजार ८२५ रुपैया बिगो माग गर्दै मुद्दा दायर गराएको थियो ।

यसैगरि कार्यालयका तत्कालीन नायवसुब्बा मदन प्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध जनही ९५ लाख ८ हजार ३४ रुपैयाँ बिगो माग गरिएको थियो।

प्रकाशित : पुष २८,२०८०     ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA