चोरीको चार पाँग्रे गाडी सहित दुई जना व्यक्ति माथि मुद्दा चलाए : धनुषा प्रहरी

माघ ३, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : चोरीको चार पाँग्रे गाडी सहित दुई जना व्यक्ति माथि धनुषा प्रहरीले मुद्दा चलाए छन । चोरीको चार पाँग्रे गाडी सहित दुई जन पक्राउ परेका छन । धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी गाडी सहित सार्वजनिक गरेका छन । पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ मलवारा बस्ने ६० वर्षिय मोख्तार अनसारी र सोही जिल्लाको लोहारपट्टी नगरपालिका ६ बस्ने ४० वर्षिय जमजम भन्ने अन्सारुल कवारी रहेको र गाडीको कागजात बनाउने एक जना फरार रहेको जिप्रका धनुषाले जनाएको छ ।

भन्सार चोरी निकासीका गाडीहरु भारतबाट नेपालमा ल्याई नेपाली नम्बर प्लेट राखि नेपालमा चलाई रहेको भन्ने गोप्य सूचनाको प्रहरीको विशेष टोलले जनकपुरधामबाट गाडी नियन्त्रण लिई तिनीहरुलाई पक्राउ गरिएको जिप्रका धनुषाका प्रमुख एसपी मित्रबन्धु शर्माले बताए ।सवारी धनी र सवारी दर्ता किताबको विवरण अनुसार चेकजाँच गर्दा यातायात व्यवस्था कार्यालय जनकपुरधाम र नारायणीमा लेखापढी भएपनि ती कार्यालयहरुमा त्यसको रेकर्ड फेला नपरेको जानकारी दिदैं ती गाडीहरु माइक्रो बस र पिकअप गाडीको नाममा दर्ता उल्लेख भएको कारण ती गाडी भारतबाट चोरी गरी ल्याइएको अनुसन्धानमा खुलेको उनले बताए ।

नियन्त्रणा लिइएका गाडीहरुमा प्रदेश-२-०३-००१ च. ११४० (Creata, white), प्रदेश-२-०३.००१ ०११० (Vitara Breeza, white), प्रदेश-२-०३-००१ च ५४८७ (Vitara Breeza, Silver), प्रदेश-२.०३- ००१ च १७३९ (Scorpio White) रहेको छ ।यसका साथै उनले लागू औषध तथा दुव्र्यसन नियन्त्रण गर्ने अभियान अन्तर्गत जटही भन्सार नाकाबाट विभिन्न मितिमा ७२ जनालाई नियन्त्रणमा लिइएका जानकारी दिए ।प्रहरीले जटही बोर्डरबाट पुस १८ गते ३७ जनालाई र पुस २८ गते ४५ जना गरी ७२ जना युवालाई नियन्त्रणमा लिइएको जानकारी दिदैं उनले नियन्त्रणमा लिइएका मध्ये पहिलो चरणको ३७ जनालाई दुव्र्यसनबाट हुने क्षति बारे प्रशिक्षण क्लास दिई छाडिएको बताए ।

प्रकाशित : माघ ३,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA