मुखियापटी मुसरनिया पालिका अध्यक्ष यादब माथि संघातिक हमला

माघ ५, २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको मुखियापटी मुसरनिया पालिका अध्यक्ष यादब माथि संघातिक हमला भएको छ ।

धनुषाको मुखियापटी मुसरनिया गाउपालिकाको अध्यक्ष जय कुमार यादब माथि बिहिवार राति एक बजे जनकपुरको तपसी चौकमा अज्ञात समुह बाट संघातिक आक्रमण भएको छ । जनकपुरको एक होस्पिटलबाट घर फर्किने क्रममा जनकपुरधाम स्थित तपसी चौकमा स्कार्पियोमा आएका १० जनाको अज्ञात समुहद्वारा आफु सांघातिक आक्रमण भएको अध्यक्ष यादबले बताएका छन ।

आक्रमणबाट उनको शरिरमा केही चोट पटक लागेको छ । अध्यक्ष यादबको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । स्कार्पियोमा आएको ब्यक्तिहरुको पहिचान खुलाउन तप्सी चौकको सिसिटिभी फुटेजमा खोजी प्रहरीले गरिदै छ ।

 

थप जानकारी आउन बाँकी छ ।

प्रकाशित : माघ, २०८० ०७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA