जटहि नकामा लागु औषध दुर्व्यसनी बिरूद्ध सचेतना कार्यक्रम सम्पन्न

माघ ६, २०८०/ जेसी नेपाल मिडिया

जनकपुरधाम : धनुषाको जटहि नकामा लागु औषध दुर्व्यसनी बिरूद्ध " नेपाल सीमा क्षेत्र लागुऔषध दुरुपयोग सचेतना कार्यक्रम " सम्पन्न भएका छन । कार्यक्रमका अध्यक्षता लागु पदार्थ मुक्त समाज निर्माण हाम्राे राष्ट्रिय अभियानका अभियान्ता एवं एमएसडब्लुसी नेपालका वाेर्ड अफ डाइरेक्टर जगदीश चाैधरी यादवले गरेका थिए ।

उक्त कार्यक्रम मधेस प्रदेश प्रहरी कार्यालय -जनकपुर , जिल्ला प्रहरी कार्यालय -धनुषा , शस्त्र प्रहरी बल ८ नं. गण - मुजेलिया र जिल्ला ट्राफिक कार्यालय, धनुषाको समन्वयमा तथा मिथिला समाज उत्थान केन्द्र , नेपाल (MSWC-NEPAL) काे आयोजनामा भएको थियो भने प्रमुख अतिथि शस्त्र प्रहरी नायव उपरिक्षक श्याम कुमार कार्की रहेका थिए ।

विशिष्ट अतिथि एमएसडब्लुसी, नेपालका निर्देशक प्रमिला यादव , प्रहरी वरिष्ठ निरिक्षक सुरेन्द्र कुमार खेरबार रहेका थिए । कार्यक्रममा नेपाल प्रहरी, शस्त्र प्रहरी , ट्राफिक प्रहरी र अभियानीहरू रहेका थिए । दुई घण्टे सर्च अभियानमा दुई हजार भन्दा बढी पैदल यात्री, दुई पाग्रे , चार पाग्रे गाडी समेतलाई जाँच गरी लागु औषध बारेमा जानकारी गराउदै सचेत गराएका थिए ।

 

प्रकाशित : माघ ६, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA