आप जनता पार्टीका २३ नेता कार्यकर्ता पक्राउ : जनकपुर

माघ ११, २०८०/ जेसी नेपाल मिडिया

प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ नेता कार्यकर्तालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी आजपाले बिहवार मधेश बन्द आह्वान गरेको छ ।

सो क्रममा जनकपुरधाममा बन्द गराउँदै हिड्ने २३ जनालाई रामानन्दचोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले मधेश बन्द आह्वान गरेको छ । बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको छ ।

प्रकाशित : माघ ११, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA