आप जनता पार्टीका २३ नेता कार्यकर्ता पक्राउ : जनकपुर

माघ ११, २०८०/ जेसी नेपाल मिडिया

प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ नेता कार्यकर्तालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी आजपाले बिहवार मधेश बन्द आह्वान गरेको छ ।

सो क्रममा जनकपुरधाममा बन्द गराउँदै हिड्ने २३ जनालाई रामानन्दचोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले मधेश बन्द आह्वान गरेको छ । बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको छ ।

प्रकाशित : माघ ११, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा चोरीका मोटरसाइकल बरामद, अनुसन्धानका लागि ७ जना पक्राउ : JCNEPALMEDIA

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA