राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट काँग्रेसका आनन्द ढुँगाना र जसपाका पुजा चाैधरी विजयी

माघ ११, २०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : आज सम्पन्न राष्ट्रिय सभा सदस्य पदको लागि भएको निर्वाचनमा मधेश प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द प्रसाद ढुँगाना र जसपाका उमेदवार भारी मतान्तरले विजयी हाँसिल गरेका छन् ।

जनकपुरमा निर्वाचन सम्पन्न भएपछि भएको मतगणना परिणाम अनुसार नेता ढुँगानाले कुल १० हजार ८ ३९ मतभार (मत) मध्ये ७ हजार ३ ७० मत प्राप्त गरी विजयी भएका हुन् ।

यस्तै, महिला तर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूजा चौधरी विजयी भएकी हुन् । चौधरीले कुल मतमध्ये ७ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

यस्तै, एमालेको २ हजार ४ सय ८४ मत, जनमतको ८१८ मत परेको हो । महिला तर्फ सूर्य छापको भने २ हजार ४ सय ४६ मत प्राप्त भएको हो ।

प्रकाशित : माघ ११, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA