मधेस प्रदेशमा सरुवा भई आउनु भएका प्रदेश सचिब यादबलाई गरे स्वागत : गृह सन्चार तथा कानुन मन्त्रालय

माघ १३,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : गृह सन्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशले मन्त्रालयमा सरुवा भई आउनु भएका प्रदेश सचिबलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

शुक्रवार मन्त्रालयमा मन्त्री मोहम्मद समिमको अध्यक्षताामा भएको कार्यक्रममा मन्त्रालयका प्रदेश सचिब विरेन्द्र कुमार यादबलाई स्वागत तथा सम्मान गरिएको छ ।

कार्यक्रममा मन्त्री समिमले सचिबको सफल कार्यकालको शुभकामनाका साथै मन्त्रालयको बस्तुस्थितीको वारे जानकारी गराएका थिए । उनले भने यो प्रदेश सबै मन्त्रालय भन्दा गृह सन्चार तथा कानुन मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको बताएका थिए ।

सचिब यादबले सबैसँग परामर्श तथा सल्लाह बमोजिम काम गर्ने भएकोले सबैको सहयोग अनिर्वाय रहेको बताए । उनले कतै बढी र कतै कम कर्मचारी हुने गरेकोले आवश्यक ठाउँमा कर्मचारी परिचालन गरी ब्यवस्थापन गरिने बताए । सम्मान कार्यक्रम पश्चात सचिवले मन्त्रालय निरिक्षण गरेका थिए ।

प्रकाशित : माघ १३,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA